Uncategorized

डि मारियाले पीएसजीलाई हारबाट जोगाए

काठमाडौं । एन्जल डि मारियाले इन्जुरी टाइममा गोल गर्दै च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेनको हार टारेका छन् ।

बुधबार राति भएको खेलमा पीएसजीले नापोलीसँग २–२ गोलको बराबरी खेलेको हो । खेलमा टिम २–१ ले पछाडि रहेको अवस्थामा डि मारियाले इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गरेका हुन् ।

पेरिसमा भएको खेलमा नापोलीले २९ औं मिनेटमा लोरेन्जो इन्सिन्याको गोलबाट अग्रता लिएको थियो ।

६१ औं मिनेटमा मारियो रुइले आत्मघाती गोल गर्दा पीएसजीलाई फाइदा भयो । थोमस मुनिसको प्रहार उनका ठोक्किएर गोलमा परिणत भएको थियो ।

तर, ७७ औं मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई २–१ को अग्रता दिलाएका थिए ।

अर्को खेलमा मोनाकोले क्लब बर्गसँग १–१ को बराबरी खेलेको छ । यसले मोनाकोका नवनियुक्त प्रशिक्षक थिएरी हेनरीलाई पहिलो जितका लागि अझै पर्खनु पर्नेभयो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *