Uncategorized

गुड्दा-गुड्दै मोटरसाइकलमा यसरी दन्कियो आगो

४ कात्तिक, काठमाडौं । आइतबार काठमाडौं-मुग्लिङ सडकखण्ड अन्तरगत धादिङको नौबिसेमा गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी भएको छ । घटनामा जनधनको क्षति भने हुन पाएन ।

आइतबार दिउँसो धादिङको गजुरीबाट काठमाडौंतर्फ आउँदै गरेको बााइक धुनिबेसी-८ बाहुनडाँडामा एक्कसी आगलागी भएको हो ।

चलिरहेकै अवस्थामा बाकइमा आगो लागेको थाहा पाएपछि चालक जयराम तामाङ मोटरसाइकल बाटोमै रोकेर भागेका थिए । बा २२ प ५५३८ नम्बरको बाइकमा आगलागी भएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *