Banner News

प्रधानमन्त्रीको हात र खुट्टा भाँचिएको छ, बोलेर कसरि बिकाश हुन्छ: नेकपा नेता बिडारी (भिडियो)

कार्तिक ४, काठमाडौं । दुइतिहाइको बहुमत पाएका प्रधानमन्त्रीले जति बोल्नु हुन्छ त्यति गर्न नसकेको बिषयमा सत्तारुढदल नेकपाकै नेता रामनारायण बिडारीले प्रधानमन्त्रीका हात खुट्टा भाँचिएकोले दिमागले मात्र काम गर्न नसक्ने बताएका छन् ।

हालको कम्युनिष्ट सरकारमा बेइमान नेताहरुको सहभागी भएको भन्दै नेताहरुमा इमानको खाँचो रहेको समेत एक टेलिभिजन अन्तरवार्ता औल्याएका छन् ।

सरकारको नेतृत्व गरिरहेको आफ्नै पार्टी नेकपाले पाएको बहुमत भोट जनताले उल्का मन पराएर भोट नदिएको बताए । उनले भने मनपराएर भन्दा पनि बेइमान पार्टीहरु मध्ये अलि कम बेइमान पार्टी नेकपालाई रोजेर बिकल्पमा भोट हालेको बताए ।

नेकपा भित्रकै नेताहरु माधव नेपाल, वामदेव गौतम, नारायण काजि श्रेष्ठ जस्ता राजनीतिक अस्वास्थ्य नेताहरुको कारण सरकारले चाहेको गति लिन नसकेको संकेत दिएका थिए ।

बिकाश निर्माणको कार्यमा आफ्नै पार्टीको नेतृत्व ठेकेदारहरु संगको लसपस उठबसका कारण केपी ओलीको सरकार नैतिक संकट परेको समेत जिकिर गरे । नेता रामनारायण बिडारीले भने ‘देशको राजधानीमा सामान ढुवानी हुने देशको एक मात्र प्रमुख बाटो नाक ढुंगाको लाइफ लाइन बाटो हो । जहाँबाट हरेक सामानहरु ढुवानी हुने गर्छ । त्यो बाटो बाहेक निर्यातको लागी आर्को बाटोको बिकल्प छैन । यो बाटोलाई ८/१० बर्षमा होइन तत्कालै निर्माण गरियोस भन्ने कुरा उठाए ।  प्रधानमन्त्री ओली ज्युले निर्देशन दिनु भयो, भदौ १५ सम्म यो बाटो पुनर्निर्माण सकियोस भनेर । तर त्यो बाटोको ठेकेदार परेछ मेरो पार्टीका श्रदय अध्यक्ष प्रचण्डको घरबेटी शारदा अधिकारी । त्यसपछि केपी ओलीलाई नै काम गर्न गाह्रो भयो ।

प्रचण्ड निकै षड्यन्त्रको घेरामा रहेको उनको विश्लेषण छ । उनले भने ‘प्रचण्डको वरिपरी रहेका षड्यन्त्रवालाहरुले प्रचन्डलाई बनाउने वा डुबाउने दावी गरे । भारतीय ‘रअ’तिर अंकित गर्दै, प्रचण्डको वरीपरी रहेका रहेकाहरु (बिदेशी शक्ति)लाई पन्छाएर बढे आफैलाई खतरा हुने डर छ, यदि तिनीहरु संगै काम गरे भने उहा डुब्नु हुनेछ ।

नेकपाका नेता रामनारायण बिडारी राष्ट्रिय सभाका सदस्य हुन् भने प्रत्यायोजित ब्यबस्थापन समितिको सभापति तथा बरिष्ठ अधिवक्ता समेत हुन् ।

हेर्नुहोस उनको भिडियो अन्तरवार्ता 

[youtube https://www.youtube.com/watch?v=GY-1HdIQuDY]

 

 

 

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *