Uncategorized

१६ लाखको सामानसहित २ भारतीय पक्राउ

२० असोज, बुटवल । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै गरेको १६ लाख २ हजार मूल्य बराबरको स्काभेटरको पार्टस् सहित महिन्द्रा केयूभी गाडी र दुईजना भारतीयलाई सशस्त्र प्रहरी गुल्म भैरहवाको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत झजर जिल्ला अग्रवाल कलोनी ७ बस्ने वर्ष ३१ का गौरव गोयल र सोही ठाउँका वर्ष २८ का अंकित गोयल रहेका सशस्त्र प्रहरी गुल्म भैरहवाका सहायक प्रहरी निरीक्षक सुरज रिजालले जानकारी दिए ।

बरामद सामान र गाडी भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाइएको रिजालले बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *