अर्थ/बाणिज्य समाचार

किन पिउने कालो चिया ? यस्ता छन् फाइदा

स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ ।

हाम्रोमा भेटघाट, कुराकानीमा मात्र होइन, चिया जीवनशैली नै बनेको छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्दछ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरिनेछ ।

तौल व्यवस्थापन

कालो चियामा एन्टिअक्सिडेन्ट्स नामक तत्व पाइन्छ । यसले हाम्रो शरीरको बोसो घटाउने काम गर्दछ । नियमित कालो चिया पिउनाले शरीर मोटो हुन पाउँदैन । तर, चियामा दूध राख्यो भने एन्टिअक्सिडेन्ट्सलाई कमजोर बनाउँछ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

भोक नियन्त्रण

कालो चिया पिउनाले छिटो भोक लाग्ने समस्या समाधान गर्दछ । यसले शरीरमा शक्ति समेत पैदा गर्दछ, जसबाट हामी लामो समयसम्म क्रियाशील हुन सक्छौं ।

बलियो पाचन प्रणाली

हाम्रो पाचन प्रणालीलाई व्यवस्थित गर्न कालो चियाले सघाउँछ । यसले पेटको रोग लाग्नबाट समेत बचाउँछ । ग्यास्ट्रिक, पेटको दुःखाईजस्ता समस्याबाट समाधानको लागि पनि कालो चियाले सघाउँछ ।

हर्ट स्ट्रोक नियन्त्रण

अमेरिकन हर्ट एसोसिएसनको अनुसन्धानको निष्कर्ष छ९ कालो चियाले शरीरमा भएको खराब कोलेस्ट्रोलका कम गर्छ । यसले ‘हर्ट स्ट्रोक’को खतरा न्यूनीकरण गर्न सघाउँछ । किनकी कोलेस्ट्रोल ‘हर्ट स्ट्रोकका लागि खतरनाक मानिन्छ ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि

छिटो छिटो बिरामी हुनु रोग प्रतिरोधी क्षमता कमजोर हुनुको परिणाम हो । त्यस्ता मानिसहरुका लागि कालो चिया लाभदायक हुन्छ । कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बिस्तार गर्न सघाउँछ । साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई न्यूनिकरण गर्न सघाउँछ ।

क्यान्सरबाट जोगिन

कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *