साउन ०९, दुबई – चितवनका टोपबहादुर बिक युएईमा ब्लडमनी सजाय भोगेको ५ वर्षपछी बुधबार घर फर्किएका छन् । ब्लडमनी स्वरूप युएईमा तिर्नुपर्ने रकम आइतबार बुझाइए पछी उनि घर फर्किन पाएका हुन I
बिक बुधबार बिहान करिव २ बजे युएईबाट नेपाल उडेका हुन र उनि सुरक्षितरूपमा नेपाल पुगिसकेका छन्। बिक आबुधाबी अध्यागमन मार्फत युएइबाट बाहिरिएका थिए ।
टोप बहादुर बिक घर फर्किने सबै प्रक्रिया पुरा भएपछी घर फर्किनु अघि मंगलबार एनआरएन युएईले नेपाली दुतावासमा एक कार्यक्रमको आयोजना गरि बिकलाई बिदाई गरेको थियो । ब्लडमनी बुझाएपछि अाइतबार नै अलऐनको सेन्ट्रल जेलमा रहेको पास्पोर्ट पनि टोपबहादुरले पाएका थिए।
बिकले युएईको अलऐन अदालतमा ब्लडमनी बापत १ लाख दिर्हाम अथवा झन्डै ३० लाख रुपैयाँ बुझाएका थिए । १४ जुन २०१४ मा कार्यस्थलमा भएको दुर्घटनामा परेर टोपबहादुरसँगै काम गर्ने थाइल्याण्डका दुई जना नागरिकको ज्यान गएको आरोप लागेको थियो ।
एनआरएनए युएईको नेतृत्वमा सञ्चालन गरिएको ‘टोपबहादुर उद्धार अभियान’ अन्तर्गत युएईमा रहेका नेपाली संघसस्थाले एक लाख दिर्हाम ब्लडमनी जुटाएका थिए भने टोपबहादुरलाई नेपाल फर्काउन नेपाली दूतावासले अदालती प्रक्रियामा भरपुर पहल गरेको थियो ।६ महिनादेखि टोपबहादुरको खाने बस्ने व्यवस्था एनआरएन युएईले गर्दै आएको थियो । ५ वर्ष सम्म युएईमा सजाय भोगेका टोपबहादुर युएई आएको ९ वर्षपछी घर फर्किएका छन् । उनको सफल उद्दार पछी सहयोगमा जुट्ने बफादार मनहरुलाई खुसी बनाएको छ ।
बुधबार टोप बहादुर बिक सकुसल नेपाल फर्किए पछी एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले खुसि व्यक्त गर्दै, उक्त मानव उद्दार कार्यलाई सफल तुल्याउने सबैलाई बधाई तथा धन्यवाद समेत व्यक्त गरेका छन् l
http://zoo-chat.ru/people/user/1854/
Дадим Вам бетонные заборы что прослужат для вас 30 лет а то и более. Абсолютно все процессы готовы сделать своими силами без переплат и потери времени. Уже после создания заказа бетонный паркан будет стоять в вашем доме уже спустя 15 дней. Без новых взносов и скрытых платежей, все что обсудили – цена будет той же. Данные предложения обеспечиваю опытом работы с 2007 года, с этого времени мы только растем благодаря положительным отзывам наших клиентов.