Banner News बिचार/ब्लग राजनीति समाचार

गृहमन्त्री बादललाई ओलीले लेखे यस्तो पत्र ! (पत्र सहित)

सम्मानिय गृहमन्त्री ज्यु नमस्ते अभिवादन

यतिबेला तपाईंको चर्चा र परिचर्चा चलिरहेको सत्य हो । तपाईंहरुले क्रान्तिको झन्डा उठाउने बेला लाखौं मजदुर र सर्बहारा बर्गले न्याय मुक्ति र अधिकारको लडाइमा साथ दिएको पनि सत्य नै हो । यो संसदीय वयवस्था विरुद्ध अनेक दस्तावेज तयार पार्ने नेतृत्व मध्यमा तपाईं पनि एक हो । आज तपाईंको चर्चा दुई किसिम बाट हुदै छ ।एउटा खोक्रो रास्ट्रवादमा लगेर तपाईंलाई समाप्त पारी दिने ।आर्को चर्चा क्रान्तिलाई बचाएर हिजोको बाचा पूरा गर्ने ।

एका तिर क्रान्तिको झणडा फराएको छ आर्को तिर सिन्डिकेट धारी विरुद्ध तपाईंको कठोर कदम चल्दै छ ।यहीँ बिचको फाइदा लिन केहि मुठ्ठीभरका मान्छेहरु देशलाई गृहयुद्ध लग्ने अनेक कसरत देखिन्छ । साच्चिकै गृहमन्त्री ज्यु यो देश केहि पात्रहरुको अपुर्व भासण केहि मुठ्ठी भरका सुकिला मुकिलाहरु देखी तस्कर र दलालहरु ले स्वर्गीय सपनाहरु देख्ने गति मात्र पैदा भएको बेला ।तपाईको यो कदमले सिन्डिकेट धारिहरु रुवाबासी गर्दै होलान् ।

सायद बिद्रोह क्रान्तिको मोर्चा बाट निकै होनहार नेतृत्वको जन्म भएको छ ।तत्कालीन उर्जा मन्त्री जनादन दाइको नेतृत्वमा भएको लोडसेडिङको अत्य र हाल तपाईंको नेतृत्व भएको सिन्डिकेट विरुद्धको कठोर कदम ।विप्लवदाईको नेतृत्व भएको भ्रष्टाचार विरुद्धको क्रान्ति साच्चिकै नेपालको इतिहासमा सत्य र निष्ठाका साथ लाग्ने हो भन्ने सबै सम्भव रहेछ भन्ने कुरा कहिँ कतै दुई मत छैन । क्रान्तिको झन्डा उठाउन साहस गर्ने विप्लवदाई-सिन्डिकेट तोड्न साहस गर्ने तपाईं लोडसेडिङको सिन्डिकेट तोड्ने जनादन दाइ ।अब यो देश सर्बहारा बर्गको अधीनमा राख्न साहस र नेतृत्वको बाताबरण पनि तपाईंहरुले नै मिलाउनु पर्छ ।

चर्चा प्रतिक्रियावादीहरुले पनि गर्लान् के कसरी बदनाम गराउने भनेर । तर सत्य चर्चा त्यहाँ हुन्छ जहाँ परिवर्तनको कुरा कुरा संग बिद्रोहको झन्डा उठ्छ त्योसँगै सफल नेतृत्वको बढी चर्चा हुने गर्दछ । जनयुद्धको गर्भबाट जन्मेको तपाई नेतृत्वहरुले सामान्य सुधार मात्र होइन युग परिवर्तन गर्ने मोर्चाको नेतृत्व लिनु पर्दछ । जनवादी सत्ताको केन्द्र बाट धेरै अपेक्षाहरु थियो । १७ हजारको बलिदानबाट जन्मेको जनसत्तालाई बालुवाटार लगेर गाड्ने कि बालुवाटार लाई जनसत्तामा रुपान्तरण गर्ने यो बहस मात्र थिएन ।यो दस्तावेजमा मात्र उल्लेख हुनु हुँदैन थियो ।सहिदको बलिदान हाम्रा हातका हतियार र बर्दी संग सर्बहारा बर्गका महान सपना र बिपनाहरु थिए ।

हामीले सोच्दै थियो बालुवाटारमा।हाम्रो नेतृत्व पुग्यो भन्ने एक पटक नेपालको युग परिवर्तन हुनेछ सर्बहारा बर्गको नेतृत्वमा जनवादी गणतन्त्र नेपाल हुनेछ ।अनि हाम्रो होनहार नेतृत्व बैज्ञानिक पथमा राखिनेछ । अनि विश्व भरी बैज्ञानिक समाजवादको बाटो तयार हुनेछ भन्ने लागेको थियो । तर दुखको कुरा ती सुबिधा जनक ठाउँ सुकिला महल भए पुग्ने कम्युनिस्टको रुपान्तरण संगै नेतृत्व चर्चा हुन छोड्यो ।चर्चा भए पनि व्यवस्था त्यही भए पछि ।सर्बहारा बर्गले कुनै आसा राख्ने ठाउँ भएन ।फेरि क्रान्तिको सपना देख्न थाले । क्रान्तिको चर्चा सगै विश्वको ध्यान फ़ेरि नेपाल मै केन्द्रित भएको सुन्दै छु । क्रान्तिकारी अस्तित्व नै समाप्त गर्ने बहस हुदै छ रे ।

सम्मानिय गृहमन्त्री ज्यु ।

प्रक्रियावादीहरुको चर्चा र परिचर्चा भन्दा पनि सर्वहारा वर्गको मुक्तिको महान बिचार लक्ष्य प्रतिको यात्रा सधैं सत्य र न्यायको पक्षमा निकै उत्साह लगन तथा साहस साथ थियो नै । माओवादी पार्टीको आगमन संगै सिहदरवार र साम्राज्यवादले चर्चा सुरु गरेका थिए ।सासकहरुले तपाईहरुको मुल्य पनि गरे कै हो । ।संसदीय भ्रमजालमा राखेर क्रान्तिकारी इतिहास लाई नै दोस्त गर्ने प्रयास धेरै फेरा भएको इतिहास हाम्रो सामु छ । अहिले पनि केहि अप्रिय घटना घट्दै गरेको देखिन्छ जनताको पक्षमा क्रान्तिकारी आवाज बोल्नेहरुलाई पक्राउ, जेलनेल भएको छ । यस्ता केहि घटना सुन्दा निकै आक्रोसित बनाउँछ ।

बाटो तपाईंहरु कै एजेन्डा तपाईंहरु कै त्यति बेलाका नेतृत्व तपाईहरु नै अहिले त्यही बाटो जानेलाई किन वारेन्ट जारी हुदैछ?यो व्यवस्थाले जनतालाई विभेद गरेको छैन भनेर भन्न सक्न्नु हुन्छ? हामी लाई भिभाजन गरेर बोसोका पारखीहरुले हामी बिचमा लडाइको खेती गर्दै छन् । हामीले लडेर लिएको गणतन्त्र हामी लाई नै गणतन्त्र बिरोधि गराउदै छन् ।सहिद परिवार रुदै छन् ।घाइतेहरु भोकै छन् ।क्रान्ति गर्ने योद्धाहरु नाङ्गै छन् ।मजदुरहरु दाम बिहिन छन् ।किसानहरु काम बिहिन छन् ।

युवा युवतीहरु बेरोजगार छन् ।विद्यार्थी कलम विहीन हुँदै छन् ।दिदिबहिनी माथि बलात्कार भाको भै छ । गरिबका आँखाबाट धेरै आँसु बगिसकेका छन र बगाउदै पनि छन् । दैनिक लाखौं युवाले बिदेशी जाने लाइनमा छन् । यो कस्तो खालको कम्युनिस्टहरुको गणतन्त्र हो ? समानिय गृहमन्त्री ज्यु । संघीयता गणतन्त्रको अपहास गर्ने गरि भएको सुकुम्बासी माथि दमन पन्चायत कालको झल्को दिने गरि जबरजस्त आफ्नो लुटको शासन थोपन झुपडीमा किन अँखा लाग्दै छ ।महल भत्काउने दस्तावेज झुपडीमा आगो लगाउनु नाम चै कम्युनिस्ट राख्नु कहाँ सम्मको सत्य छ ।

जनताको परिबर्तनको चाहना पूरा गर्न पहिलो कुरा राजनीतिक सिन्डिकेट तोड्ने आट गर्नुस् ।अनि सरकार सन्चालनको सिन्डिकेट जनताको झुपडीमा पुग्ने गरि तोड्नुस ।अनि थवाङ देखी चुनवाङ सम्मको बाचा र दस्तावेज सम्झिनुस । भन्दै छोटो पत्र यहीँ अत्य गरे ।-उहीँ टिकाराम वली

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist From Bhaktapur
http://www.purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *