१४ असोज, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले अधिकांश कर्जा घरजग्गा धितोमा दिने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी रिपोर्टले अधिकांश कर्जा घरजग्गा धितो राखेर लगानी गर्ने गरेको पुष्टि गरेको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनाको अन्त्य सम्ममा बैंक तथा […]
Uncategorized
जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव
२४ असोज, जाजरकोट । यहाँका सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा स्थानीयवासी हैरान भएका छन् । सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा महँगोमा औषधि किन्न बाध्य भएको स्थानीयको गुनासो रहेको छ । जिल्लाका दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थादेखि सुगममा रहेका स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा सर्वसाधारण मर्कामा परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र […]
बालबालिकाले खाने कुरामा कृतिम चिनी, स्वास्थ्यमा कस्तो असर पर्छ ?
दैनिक आफ्ना बालबच्चाले के कस्ता खानेकुरा खाइरहेका छन् ? ति खानेकुरामा चिनीको मात्रा कति होला ? के त्यसले उनीहरुको स्वास्थ्यमा असर पो गरिरहेको छ कि ? शंका गर्नुपर्ने भएको छ । विभिन्न अध्ययनले के देखाएको छ भने, बच्चाहरुमा चिनीको प्रयोग अत्याधिक बढेको छ । विभिन्न खानेकुराको माध्यामबाट उनीहरु आवश्यक्ताभन्दा बढी चिनी सेवन गरिरहेका छन् । […]
विपक्षीलाई वीरगञ्जका मेयरको चेतावनीः प्रेमपूर्वक भनिरहेका छौं, नमाने कानूनी डण्डा चल्छ
१४ असोज, वीरगञ्ज । व्यापारिक पृष्ठभूमिका विजय सरावगीले वीरगञ्ज महानगरपालिकाको मेयरमा लड्दा ‘मेरो कसम’ नाममा आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए । प्रतिज्ञापत्रमा महानगरलाई व्यवस्थित गर्नेदेखि विकासका ठूला आश्वासनका फेहरिस्त थिए । मतदाताले उनलाई पत्याए पनि । तर, मेयर भएको एक वर्ष बितिसक्दा सरावगीले आफ्नो उपस्थितिको महसुस गराउन सकेका छैनन् । वीरगञ्जका प्रायः सबै क्षेत्रमा महानगरपालिकाको […]
डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
१४ असोज, डडेल्धुरा । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्र्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी […]
पीपीएल अक्सनः अनिल र रोहितमाथि लाग्यो साढे २ लाखको बोली
१४ असोज, काठमाडौं । पोखरा प्रिमियर लिग क्रिकेटका लगि खेलाडीको अक्सन भइरहेको छ । अक्सनका लागि १७९ खेलाडीले नाम दर्ता गराएका छन्, त्यसबाट आइतबार ६० जना खेलाडीको किनबेच हुनेछ । जारी अक्सनमा यू–१९ का दुई क्रिकेटरमाथि २ लाख ५० हजारको बोली लागेको छ । अनिलकुमार साहलाई चितवन राइनोज र रोहितकुमार पौडेललाई पोखरा पल्टनले २ लाख […]
औंलाको चोटका कारण शकिबले तीन महिना खेल्न नसक्ने
बंगलादेशका अलराउन्डर सकिब अल अहसन औंलामा लागेको चोटका कारण तीन महिना मैदानबाहिर रहने भएका छन् । तीन सातापछि उनको औंलाको शल्यक्रिया गरिएको छ । एसिया कपको म्याचका दौरान सकिब घाइते भएका थिए । ढाकाको एउटा अस्पतालमा परिक्षण गर्दा उनको औंलाको चोटको असर नाडीसम्म पुगेको देखियो । डाक्टरहरुले तीन सातापछि मात्रै शल्यक्रिया गर्ने बताएका छन् । […]
४ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत् सोमबार ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिनका लागि १ अर्ब रुपैयाँ, १ सय ८२ दिनका लागि ३ अर्ब रुपैयाँ गरी ४ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको […]
प्रधानमन्त्रीले बेचे आठवटा भैँसी
राज्यको ढुकुटी बलियो पार्न तथा फजुल खर्च रोक्नका लागि प्रधानमन्त्रीले हामीकहाँ के के काम गरिरहेका छन् ? सायद ढुकुटी भर्नतिर भन्दा पैसा सक्नतिर नै सबैको ध्यान छ जस्तो लाग्छ । उता पाकिस्तानमा भने नवनिर्वाचित प्रधानमन्त्रीले अनावश्यक खर्च कटौतीमा तहल्का मच्चाइरहेका छन् । पाकिस्तानी प्रधानमन्त्रीले हालै प्रधानमन्त्री निवासमा पालिएका ८ वटा भैँसी बेचेका छन् । पूर्वप्रधानमन्त्री […]
यौन दुर्व्यवहारको आरोपमा बालक पक्राउ
१४ असोज, चितवन । भरतपुर महानगरपालिका-११ को पोखरीचोक बस्ने एक १४ वर्षीय बालकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरेको छ । उनले सोही स्थानमा बस्ने एक ७ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु ढकालका अनुसार ‘होम ट्युसन’ (घरमै गएर […]









