Uncategorized

औंलाको चोटका कारण शकिबले तीन महिना खेल्न नसक्ने

बंगलादेशका अलराउन्डर सकिब अल अहसन औंलामा लागेको चोटका कारण तीन महिना मैदानबाहिर रहने भएका छन् । तीन सातापछि उनको औंलाको शल्यक्रिया गरिएको छ ।

एसिया कपको म्याचका दौरान सकिब घाइते भएका थिए । ढाकाको एउटा अस्पतालमा परिक्षण गर्दा उनको औंलाको चोटको असर नाडीसम्म पुगेको देखियो । डाक्टरहरुले तीन सातापछि मात्रै शल्यक्रिया गर्ने बताएका छन् ।

‘अस्पताल जान केही दिन ढिलाई गरेको भए मेरो बायाँ नाडीले कामै नगर्ने अवस्था आउने रहेछ,’ सकिबले भने, ‘तुरुन्तै शल्यक्रिया गर्न नमिल्ने भएकाले २–३ हप्ता फर्किन भनिएको छ ।’

एसिया कपमा औंलामा चोट लागेर सुन्निएको थियो । औंलाको फेदबाटै इन्फेक्सन सुरु भएको देखियो । बंगलादेशका फिजियो तिहान चन्द्रमोहनले शकिबको एक्सरे र स्क्यानर्लाइ अष्ट्रेलिया र ईंग्ल्यान्डका डाक्टरहरुलाई पठाएका थिए । उनीहरुले इन्फेक्सन भएको हुन सक्ने आशंका व्यक्त गरेका थिए ।

दुखाई असैह्य भएपछि शकिबले गत सोमबार अर्को स्क्यान गराए । त्यसपछि उनी एसिया कपबाट पछि हट्न वाध्य भएका हुन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *