Uncategorized

नागढुंगा सडक आजदेखि १ सातासम्म राति बन्द हुने

१६ असोज, काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो । डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए […]

Uncategorized

आवाजको चित्र, यो कस्तो विचित्र ?

बच्चा जन्मिनासाथ उसको पहिलो रुवाईले आमाको अनुहारमा मुस्कान ल्याउँछ । यो एक मात्र त्यस्तो क्षण हो, जब सन्तान रुँदा आमा हाँस्छिन् । त्यो रुवाईको आवाज यति प्यारो हुन्छ कि त्यसलाई कुनै आमाले भुल्दिनन् । अब सोच्नुस् त, यो मिठो आवाजलाई सँधैका लागि कसरी संगालेर राख्न सकिएला ? मोबाइलमा वा रेकर्डरमा रेकर्ड गरेर राख्ने उपाय त […]

Uncategorized

निरुताले ‘लभ स्टेशन’बाट हात झिकिन्, कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् । गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । […]

Uncategorized

पोखरामा एक युवाको हत्या

१६ असोज, पोखरा । पोखराको पालिखेचोकमा गएराति एक युवाको हत्या भएको छ । पोखरा महानगरपालिका– ३ को पालिखेचोकभन्दा करीब सय मिटर माथि प्रतीभा मावि अगाडि राजकुमार नाम गरेका युवाको हत्या भएको हो । उनको थर र ठेगाना भने खुलेको छैन । युवाको टाउको र खुट्टामा हतियारको गम्भीर चोट रहेकाले उनको हत्या भएको बताएको छ । […]

Uncategorized

गाडी तोडफोडको भिडियो बाहिरिएपछि तनुश्रीको पल्ला भारी

बलिउड अभिनेत्री तनुश्री दत्तले नाना पाटेकरमाथि विभिन्न आक्षेपहरु लगाइरहँदा धेरैले पत्याइरहेका थिएनन् । तर, अहिले १० वर्ष अगाडिको एउटा भिडियो सार्वजनिक भएको छ, जसले उनीप्रति सहानुभूति ह्वात्तै बढाएको छ । यो भिडियो सोही चलचित्र ‘हर्न ओके प्लीज’ को सुटिङ स्पटको हो । भिडियोमा नाना पाटेकरका समर्थहरुले तनुश्रीको गाडीमा तोडफोड गर्दै तान्डव मच्चाएका छन् । गाडीभित्र […]

Uncategorized

नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

१६ असोज, यूएई । अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर भाडा बुझाउँदै अाइरहेकाे छ । ०७३ मा राजदूत धनञ्जय झा कार्यकाल सकाएर नेपाल फर्किएपछि भाडाको घर प्रयोगविहीन भए […]

Uncategorized

इंग्लिस प्रिमियर लिग: बोर्नमाउथसँग क्रिस्टल प्यालेस पराजित

१६ असोज, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बोर्नमाउथले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ । सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । बोर्नमाउथका लागि डेभिड ब्रुक्स र जुनियर स्टानिलासले गोल गरे । क्रिष्टल प्यालेसका लागि प्याटि्रक भानले गोल गरेका थिए । खेलको पाँचौ मिनेटमा […]

Uncategorized

भक्तपुरबाट ७ जुवाडे पक्राउ

१६ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा डेरा गरी बस्ने भक्तपुर नगरपालिका इताछेका ४४ वर्षीय जीवन शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सातै जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी […]

Uncategorized

मालीमा हिंसा, २५ भन्दा बढीको ज्यान गयो

१६ असोज, काठमाडौं । माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको ज्यान गएको छ । गत हप्ताको शुक्रबार र शनिबार भएका घटनामा उनीहरुको मृत्यु भएको हो । ‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,’ स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले लेखेको छ […]

Uncategorized

दशैंमा काठमाडौं-तुलसीपुर हवाई सेवा, आज नेवानिको परीक्षण उडान

१६ असोज, दाङ । दंगालीहरु आफ्नै जिल्लामा विमान चढेर दशैं मान्न जान पाउने सम्भाबना बढेको छ । लामो समय बन्द अवस्थामा रहेको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल एयरलाइन्सले उडान गर्ने भएपछि दंगालीहरुले खुसी व्यक्त गरेका छन् । मंगलबार नेपाल एयरलाइन्सको सानो जहाजले परीक्षण उडान गर्ने छ । परीक्षण उडानमा पाइलट, प्राविधिक र जनप्रतिनिधिहरु रहने छन् । […]