४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस धर्मनिरपेक्षताबाट पछाडि फर्कन नसक्ने बताएका छन् । अहिले पनि कांग्रेसका केही नेताहरुलाई देशमा हिन्दु धर्मावलम्बी धैरै छन्, धर्म निरपेक्षता भन्दा भोट घट्छ भन्ने लागेको भन्दै उनले भने, ‘म त्यो मान्दिन ।’ कांग्रेसको राजनीतिक मस्यौदा समितिले मंगलबार धनगढीमा गरेको अन्तरक्रियामा उपसभापति निधिले भने, ‘धर्म निरपेक्षता भनेको […]
Uncategorized
बैतडीमा एसएमएसबाटै प्रसूति सेवा
४ मङ्सिर, बैतडी । जिल्लाका ग्रामीण क्षेत्रका १२७ प्रसूति सेवा केन्द्रबाट प्रसूति सेवा केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान गर्न थालिएपछि आमा र नवजात शिशुको मृत्युदरमा कमी आएको छ । केन्द्रमार्फत सुरक्षित प्रसूति सेवा प्रदान हुन थालेपछि मातृमृत्यु र शिशु मृत्युदरमा कमी आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले जानकारी दिइन् । जिल्लामा अहिले […]
भ्यूज नभएपछि युटुबबाट हटाइयो दीपशिखा र अलीको ‘जाने क्या हुवा’
केही दिन अगाडि युटुबबाट सार्वजनिक गरिएको चलचित्र ‘प्रेमलिला’मा समावेश ‘जाने क्या हुवा’ बोलको गीतको भिडियो युटुबबाट हटाइएको छ । दुई देशको प्रेम सम्बन्ध प्रस्तुत गरिएकाले पनि नेपाली चलचित्रमा हिन्दी गीत समावेश गरिएको थियो । तर, यो गीतलाई दर्शकको गतिलो साथ नमिलेपछि युटुबबाट हटाइएको हो । वुझिएअनुसार, नयाँ युटुब च्यानलमा राखिएको यो भिडियोलाई गतिलो भ्यूज मिलेन […]
दाङका बाढीपीडितले राहत पाएनन्, ४ वर्षदेखि टहराको बास
४ मंसिर, दाङ । दाङको बाढीपीडित क्षेत्रमा बाँसैबाँसका टहरा देख्न सकिन्छ । बाँसका टहरामा बस्नुपर्ने बाढीपीडितको बाध्यता बनेको छ । विसं २०७१ मा आएको बाढीले घर बगाएपछि पीडितले अझै घर बनाउन सकेका छैनन् । उनीहरु अहिलेसम्म बाँसका टहरामा नै बस्दै आएका छन् । हिउँदमा टहरामा बस्न मुश्किल हुने तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका बाढीपीडित जीतबहादुर चौधरी बताउँछन् […]
ट्याङ्कर चालकको आन्दोलन फिर्ता, पेट्रोलपम्पमा शिलबन्दी
४ मंसिर, विराटनगर । भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकले आन्दोलन थालेका थिए । ट्याङ्कर चालकले तीन दिनसम्म इन्धन […]
‘जात्रै जात्रा’को छायांकन स्थलमा जाने क्रममा विपिन घाइते
फागूण १७ गतेलाई प्रदर्शन मिति तोकेर छायांकन भैरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माणपक्षका लागि चिन्ताको बिषय थपिएको छ । चलचित्रका मुख्य कलाकार नायक विपिन कार्की छायांकन स्थलमा जाने क्रममा आज बिहान कलंकीमा दुर्घटनामा परेका छन् । जसलेगर्दा, चलचित्रको छायांकन केही दिन प्रभावित हुने देखिएको छ । कलंकीमा विपिन चढेको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । […]
कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट
४ मंसिर, परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो । नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । […]
नाफा साहित्य–साँझ सम्पन्न
अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र सस्था ‘नेपाली अमेरिकन मैत्री संघ’ ९ नाफा० ले शनिवार चौधौं ‘नाफा साहित्यिक साँझ–२०७५’ आयोजना गरेको छ । लक्ष्मीजयन्तीको अवसर परेर आयोजना गरिएको साँझमा देवकोटासँगै साहित्यकार विजय मल्लको सम्झना गरियो । कार्यक्रममा नाफा बालसाहित्य प्रतियोगितातर्फ काव्या लामिछाने, सान्वी पाण्डे, जुना रिजाल, आन्या पाण्डे, ओपल शर्मा, आशुतोष अधिकारी, खुशी […]
पञ्चकर्म उपचारः विकारररहित शरीर र तन्दुरुस्तीका लागि
उपचारका विभिन्न पद्धती प्रचलनमा छन् । वर्तमान समाजमा एलोपेथिक उपचारलाई छिटो, छरितो मानिन्छ । यस अन्र्तगत अधिकांश रोगको निदान औषधी, शल्यक्रिय आदिबाट खोजिन्छ । हामीसँग प्राचिन उपचार विधी पनि छ, जो प्राकृतिक ढंगले अपनाइन्छ । यस्ता विधीबाट एलोपेथिक जस्तो छिटो र छरितो नतिजा प्राप्त हुँदैन । यद्यपी यसले प्राकृतिक ढंगले दीर्घकालिन रुपमा हामीलाई रोगमुक्त गराउँछ […]
नेपालमा बोइङ भित्राउने पूर्वसचिव श्रेष्ठको निधन
४ मंसिर, कामठाडौं । नेपाल सरकारका पूर्वसचिव ईश्वरलाल श्रेष्ठको निधन भएको छ । उनको गएराति १ बजे ८९ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भएको हो । उनले उद्योग तथा वाणिज्य मन्त्रालय, शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयमा सचिवको रुपमा काम गरेका थिए । शिक्षाविदको रुपमा समेत परिचित श्रेष्ठले शंकरदेव क्याम्पसको स्थापनामा योगदान पुर्याएका थिए । उनी […]









