६ मंसिर काठमाडौं । केही साताअघि नेपाली मिडियामा समाचार आएको थियो, प्रधानमन्त्रीले आफ्नै कार्यकक्षमा बसेर विभिन्न मन्त्रीहरुको कार्यसम्पादन जाँचिरहेका छन् । हरेक मन्त्रालयको कार्यप्रगतिबारे प्रधानमन्त्रीले आफ्नै आइप्याड वा कम्प्युटरमा हेर्न मिल्ने गरी प्रधानमन्त्री कार्यालयले सफ्टवेयर बनाएको छ । प्रधानमन्त्री ओलीले हिजो बुधबार सिंहदरबारमा विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरुलाई बोलाएर कामलाई गति दिन निर्देशन दिए । […]
Uncategorized
श्रृङ्खलाले लगाएको गाउनमा कसरी भयो ब्लन्डर ?
६ मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगिताको ६८ औं संस्करण चीनमा आयोजना भइरहँदा नेपालीहरुको ध्यान मिस नेपाल श्रृङ्खला खतिवडामा केन्द्रित छ । विगतका नेपाली प्रतिस्पर्धीहरुको तुलनामा उनीबाट बढी आशा गरिएको छ । ८ डिसेम्बरमा हुने मुख्य प्रतियोगिता अगाडि केही फास्ट ट्रयाक इभेन्टहरु हुन्छन् । यसमा जित्नेहरु सिधै क्वर्टरफाइनल (टप ३०) मा पुग्छन् । जसमध्ये टप […]
कामदार ठग्ने कम्पनी फेरि सक्रिय, श्रम मन्त्रालयले दियो कारवाहीको चेतावनी
६ मंसिर,काठमाडौं । मलेसियासँगको द्विपक्षीय समझदारीपछि सरकारले कामदार पठाउने प्रक्रिया शुरु गर्न गृहकार्य गरिरहेका बेला कारवाहीमा परेका केही संस्थाले ‘भिसा स्टाम्पिङ’ शुरु भएको भन्दै मेनपावर व्यवसायीबाट पासपोर्ट संकलन थालेका छन् । मलेसियासँग कामदार पठाउने प्रक्रियाबारे कुरा चलिरहेका बेला नेपाल सरकारबाट कारवाहीमा परेका संस्था भीएलएन र वान स्टप सेन्टरले अनधिकृत रुपमा काम शुरु गरेको भन्दै श्रम […]
मलेसियाको जेलभित्रै ठगिएका मानिसी काठमाडौंमा दलाल खोज्दै
६ मंसिर, मलेसिया । मलेसियाबाट गत बिहीबार साँझ पौने ६ बजे उडेको मालिण्डो एयरलाइन्सको जहाज राति करिब दश बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्यो । जहाजले भुइँ छुँदा–नछुँदै यात्रुहरु आफलताफल गर्न थालिहाले । एयर होस्टेसले चुपचाप बस्न अनुरोध गरिरहेकी थिइन्, तर कोही यात्रु हाते झोला झिक्न हतारिएका थिए भने कोही आफन्तलाई फोन गर्न । सोही […]
ए डिभिजन लिग : एनआरटीमाथि च्यासलको फराकिलो जित
६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबलाई फराकिलो अन्तरले पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सम्पन्न खेलमा च्यासलले एनआरटीलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । च्यासलको जितमा बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २–२ गोल र सन्तोष साहुखलले १ गोल गरे […]
हुसेन हत्याको विरोधमा सडकमै शव राखेर प्रदर्शन
६ मंसिर, मोरङ । सुनसरीको दुहबी नगरपालिका ९ का महम्मद फिदा हुसेनको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बिहीबार पनि प्रदर्शन भएको छ । बुधवार बिहान साढे ६ बजे दुहबी नगरपालिका ९ रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षका हुसेनको गोली हानी हत्या भएको थियो । हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा […]
१० किलो चाँदीसहित भारतीय युवक पक्राउ
६ मंसिर, वीरगञ्ज । पर्सा प्रहरीले १० किलो चाँदीसहित एक युवकलाई पक्राउ गरेको छ । भारतको बिहार पश्चिम चम्पारण, थाना चनपटिया, लखौरा टोल बस्ने ३० वर्षीय गुलसन साह कानुलाई १० किलो चाँदीसहित पक्राउ गरेको हो । बीआर२२एडी नं.को मोटरसाइकलमा चाँदी लिएर भारत जाँदै गरेको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सिया खल्वाटोलबाट साहलाई चाँदीसहित […]
फेसन ट्रिक: यसरी लुगा लगाउँदा स्लिम देखिन्छ
लुगा त थरीथरीको लगाइन्छ, तर आफैलाई सुहाएको जस्तो लाग्दैन । ज्यान भद्दा भएर हो वा लुगा नमिलेर ? भेउ पाउन सकिदैन । आफैलाई आफ्नो पहिरन असुहाउँदो लागेपछि हिनताबोध हुन्छ । आत्माविश्वास हराउँछ । ‘अरुले केही भन्लान् कि ?’ यस्तो आशंकाले मनमा ग्लानी पैदा हुन्छ । भनौं, असुहाउँदो पहिरनले मानसिक तनाव दिन्छ । यस्तो समस्या दुई […]
अपाङ्गता भएकाहरुकोे लागि निःशुल्क स्वास्थ्य शिविर
६ मंसिर,गुल्मी । गुल्मीको शान्तिपुरमा अपाङ्गता भएकाहरुकोे लागि एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ । आशा अपाङ्ग केन्द्र गुल्मीको आयोजना र चन्द्रकोट गाउँपालिका गुल्मी, अपाङ्ग वाल अस्पताल बनेपा काभ्रे, सक्षम परियोजना गुल्मी, चक्रेश्वर अपाङ्ग समाज शान्पिुर गुल्मीको संयोजनमा चन्द्रकोट गाउँपालिकाको शान्तिपुरमा आयोजना गरिएको हो । शिविर अपाङ्ग सहाय सामाग्री बितरण तथा परामर्श सेवा […]
पोखरामा हस्पिटलको सेवा घरमै
६ मंसिर, पोखरा । पोखरेलीले अब हस्पिटलको सेवा घरमै पाउने भएका छन् । ललितपुरको मेडिलिंक होम केयर प्रालिले पोखरेलीको घर/घरमै पुगेर हस्पिटलको सेवा दिने भएको हो । प्रालिले पोखराको गैह्रापाटनमा शाखा कार्यालय राखेर सेवा सुुरु गरेको विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो । प्रालिका अनुसार घर/घरमा पुगेर दिइने सेवा विशेषज्ञसहितको हुनेछ । त्यसका […]









