६ मंसिर,बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पश्चिमा र छिमेकी देशले नेपालसहित सिंगो एशियामै स्थिरता हुन नदिने बताएका छन् । एशियाको विकास भयो भने आफू पछि परिन्छ भने डरले विशेष रणनीति अनुसार नै पश्चिमाहरुले एशिया रणनीति अन्तर्गत अस्थिरता पैदा गर्ने गरेको आरोप लगाए । सैनिक कलेजका अधिकृतहरुसँग सुरक्षा र विकासबारे बिहीबार छलफल गर्दै […]
Uncategorized
प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइयो
६ मंसिर, हेटौंडा । घटस्थापनाको दिन स्थगित भएको प्रदेशसभा ३ को बैठक मंसिर १० गते बोलाइएको छ । प्रदेश राजधानीको बिषयमा सहमति जुटाएर मात्र बैठक बस्ने भनिए पनि प्रदेशसभा सचिवालयमा ५ वटा विधेयक अड्किएकाले त्यसलाई छलफलमा ल्याउन र अन्य केही विषय टुङ्गो लगाउने गरी बैठक बोलाइएको हो । १० गतेको प्रदेशसभाको वैठकमा राजधानीको विषयले भने […]
माछापुच्छ्रे बैंकद्वारा शेयरधनीलाई १० प्रतिशत नगद लाभांश प्रस्ताव
६ मंसिर, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बुधबार बसेको संचालक समिति बैठकले गत वर्षको खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चूक्ता पूँजीको १० प्रतिशत नगद लाभांश वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ । बैंकले उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृती दिएपछि र आगामी वाषिर्क साधारण सभाबाट पारित भएपश्चात १० प्रतिशत नगद लाभांस दिने निर्णय गरेको हो […]
पेट्रोल पम्पमा फैलिँदो ठगीः चिप्स पत्ता लागेपछि सफ्टवेयरबाट
६ मंसिर, काठमाडौं । पेट्रोल पम्पहरुले सफ्टवेयरमा नै गडबडी गरेर पेट्रोल पम्पहरुले ठगी गरिरहेको रहस्य खुलेपछि अनुगमन तीव्र पारिएको छ । बिहीबार पनि बाराको हरिओम आयल स्टोरमा यस्तै ठगीको पर्दाफास भयो । यो पम्पले प्रति ५ लिटरमा २३० एमएल तेल कम वितरण गरिरहेको तथ्य अनुगमनबाट खुलेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ । विभागले अहिले […]
कर्मचारीको सहयोगविना देश निर्माण सम्भव छैन : मुख्यमन्त्री राउत
६ मंसिर, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले राष्ट्रसेवक कर्मचारीको सहयोग बिना देश निर्माण सम्भव नरहेको बताएका छन् । राष्ट्रिय योजना आयोगले जनकपुरमा आयोजना गरेको दिगो विकास लक्ष्यमैत्री योजना र बजेट एवम् अनुगमन तथा मुल्यांकन र तथ्यांक प्रणाली सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा उनले सरकारी सेवा समयमै प्राप्त गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे । […]
सिजीको ‘दशैं-तिहार योजना’ शुक्रबार सकिँदै
६ मंसिर, काठमाडौं । इलेक्ट्रोनिक्स उपकरण निर्माता कम्पनी सिजीले सञ्चालन गरेकाे दशैं तथा तिहार लक्षित योजना शुक्रबारबाट सकिने भएकाे छ । कम्पनीले दशैं तिहारलाई लक्षित गरी विभिन्न आकर्षक क्यास ब्याक तथा पक्का उपहार योजना ल्याएको थियो । कम्पनीले देशभर लागु गरेको उक्त योजनामा उपभोक्ताको उल्लेख्य सहभागिता भएको दाबी गरेको छ । यस अवधिमा योजना भन्दापनि […]
हुसेनको शव उठाउन आफन्त सहमत
६ मंसिर, विराटनगर । दुहबी नगरपालिका-९ का मोहम्मद फिदा हुसेनको शव उठाउन परिवार सहमत भएका छन् । बुधबार विहान रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षीय हुसेनको गोली हानी हत्या भएको थियो । स्थानीय प्रशासनसँगको छलफलपछि आफन्त र स्थानीयले हुसेनको शव उठाउन सहमत भएका हुन् । गृहमन्त्रीको राजीनामा बाहेक अन्य मागहरू सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि आफन्तहरु […]
कांग्रेसको प्रश्न : नेपाल देशमा सरकार छ ? छ भने कहाँ छ ?
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले सरकार गठन भएको ९ महिनासम्म सरकार रहेको अनुभूति नै नभएको बताएको छ । सरकारको ९ महिनाको समीक्षा गर्दै कांग्रेसले यो अवधिमा सरकार कहाँ छ भन्ने अवस्था देखिएको बताए । बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने ‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना […]
राष्ट्रपतिज्यू ! मदनको साइकललाई सम्झनुहोस् !
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, नमस्कार ! हजुरले महंगो गाडी चढ्ने इच्छा जाहेर गरेको झन्नै एक वर्षपछि सरकारले १८ करोड उपलब्ध गराउने निर्णय सार्वजनिक भएको छ । सत्य के हो सार्वजनिक हुँदै जाला । तर मलाई केही कुरा सम्माननीयज्यूसँग राख्न मन लाग्यो । नारी हुनाको नाताले देशमा राष्ट्रपति, सभामुख, प्रधानन्यायधीश र उद्योग वाणिज्य महासंघको सभापति महिला […]
कार्यकर्तालाई देउवाको निर्देशन–मेरो होइन सरकारको बिरोध गर्नूस्
६ मंसिर, रुपन्देही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारका गतल गतिबिधिका बारेमा बोल्न कांग्रेस नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । महासमिति बैठकमा पेश गरिने राजनैतिक एवं मस्यौदा सुझाव संकलनका लागि भैरहवामा आयोजित प्रदेशस्तरीय कार्यक्रममा बोल्दै सभापति देउवाले सरकारको विरोध गर्न किन डराएको भन्दै प्रश्नसमेत गरेका थिए । पार्टीका नेताहरु आफूविरुद्ध लाग्ने तर अधिनायकवादतिर […]









