दमौली– तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो एक महीनाको तलब भानु नगरपालिका–३ स्थित जनजागृति माध्यमिक विद्यालयलाई दिने घोषणा गरेका छन् । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले सोमबारदेखि आयोजित श्रीमद्भागवत महायज्ञमा सांसद श्रेष्ठले तलबबापतको रु ५० हजार विद्यालयलाई सहयोग गर्ने घोषणा गरेका हुन् । सो अवसरमा सांसद श्रेष्ठले प्राविधिक शिक्षा अहिलेको आवश्यकता […]
समाचार
कांग्रेसका बरिष्ठ नेता पौडेल पोर्चुगलमा
लिस्बन– युरोप भ्रमणमा रहेका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पोर्चुगल आइपुगेका छन् । लग्जेम्बर्ग, बेल्जियम र फ्रान्समा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा सहभागी भई नेता पौडेल बुधबार साँझ पोर्चुगल आइपुगेका हुन् । वरिष्ठ नेता पौडेललाई लिस्बनस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, पोर्चुगलका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) […]
जापानको सत्तारुढ दलको नेतामा प्रधानमन्त्री अबे पुनः निर्वाचित
टोकियो– जापानका प्रधानमन्त्री सिन्जो अबे उनको सत्तारुढ दलको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । उनको राजनीतिक दल ‘लिबरल डेमोक्र्याटिक पार्टी’को बिहीबार सम्पन्न निर्वाचनमा उनी अध्यक्ष निर्वाचित हुनुभएको बताइएको छ । यस विजयसँगै प्रधानमन्त्री अबे जापानमा लामो समयसम्म प्रधानमन्त्रीको पदमा रहने निश्चित भएको छ । प्रधानमन्त्री अबे ६३ वर्षको उमेरको रहेका छन् । उनले आफ्नो दलका सदस्य र […]
मिसेस ग्लोबल बनिन् दुर्गा
काठमाडौं – ‘मिसेस ग्लोबल नेपाल २०१८’ को उपाधि दुर्गा पौडेलले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगीतामा १६ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन् ।कलाकार समेत रहेकी दुर्गाले उनले उपाधि सहित विभिन्न गिफ्ट हृयाम्पर पनि प्राप्त गरेकाी छन् । उनले उपाधि बाहेक मस्टकन्पिÞmडेन्सको सबटाईटल पनि प्राप्त गरिन् । प्रतियोगीतामा फस्ट रनरअपमा लिलादेवी निरौला र सिसम […]
चीनविरुद्ध नेपाली भूमि कुनै हालतमा प्रयोग गर्न दिदैनौँः उपराष्ट्रपति पुन
छेन्दु – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । चीनको छेन्दुमा आयोजित १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई बिहीबार सम्बोधन गर्दै उपराष्ट्रपति पुनले कुनैपनि हालतमा नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिन प्रतिवद्ध रहेको बताएका हुन् ।त्यस्तै उनले सन् २००० देखि आयोजना भइरहेको […]
इमरान खान साउदी अरेबिया र युएई भ्रमणमा
अबुधाबी– पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् । प्रधानमन्त्री खानलाई अबुधाबी विमानस्थलमा अबुधाबीका राजकुमार शेख मोहमद बीन जायद अल नह्यानले स्वागत गरे । प्रधानमन्त्री खानले इमिरेट्सका उच्च नेतृत्वसँग बिहीबार वार्ता गर्नुहुने समाचारमा जनाइएको छ । यसअघि बुधबारनै प्रधानमन्त्री खानले […]
नागरिकसम्म नपुगेको ‘संविधान दिवस’
संविधान दिवसको पूर्वसन्ध्यामा नेपाल टेलिकममार्फत सरकारको सन्देश आयो– ‘संविधान दिवस २०७५ अवसरमा सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रममा उपस्थितिका लागि अनुरोध छ ।’ अनि सरकारले उसैगरी ‘असोज ३’ गते काठमाडौंको सैनिकमञ्चमा ठूलो तामझामका साथ संविधान दिवस मनायो । अघिल्लो वर्षसम्म सैनिकमञ्चमै सीमित संविधान दिवसको सरकारी रौनक यस वर्ष प्रदेश एवम् स्थानीय तहसम्म पुग्यो । […]
जबरजस्ती करणीसम्बन्धी कानुन र यसले समाजमा पारिरहेको असर
अधिवक्ता दलबहादुर धामी कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात हत्याको घटना अहिले सबैभन्दा पेचिलो विषय बनेको छ । यसमा अनुसन्धान अधिकारीको जिम्मा पाएको प्रहरीका कारण आज यो अवस्था आएको भन्ने आशङ्क धेरैको छ । यस घटनाले प्रहरीको अनुसन्धान प्रकृयामाथि पनि प्रश्न उठाएको छ । यसबाट कडा कानुन बन्दा यस्ता घटना कम हुँदा रहेछन् या बढ्दा […]
करको चरित्र
राज्यको मेरुदण्ड भनेको अर्थराजनीति नै हो । राज्य अङ्ग हो भने त्यसमा प्राण वा जीवन गति पैदा गर्ने माध्यम भनेको अर्थतन्त्र हो । यसले राज्यरूपी सुन्दर शरीरमा रक्तसञ्चार गराउँदै जीवन्तता प्रदान गर्छ । यही आर्थिक क्रियाकलाप अन्तर्गत राज्यले उद्योग, कलकारखाना, व्यापार वा व्यवसाय खोल्ने अवसर दिन्छ भने त्यसबापत जनताले केही अंश रकम राज्यलाई बुझाउनु पर्छ […]
प्रशिक्षक र खेलाडीलाई पदक दिने सरकारको घोषणा
काठमाडौँ– सरकारले संविधान दिवसको अवसरमा खेलाडी तथा खेलकर्मीलाई पदक दिने घोषणा गरेको छ । सरकारले खेलकूद क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका एथ्लेटिक्सका प्रशिक्षक धनीराम चौधरी, क्युकेसियन कराते खेलाडी सञ्जु महर्जन र नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई सरकारले प्रबल जनसेवाश्री (चतुर्थ श्रेणी) बाट सम्मान गर्ने घोषणा गरेको हो ।त्यसैगरी रेसलिङ खेलाडी भरतबहादुर विसुराल (हिमालयन टाइगर)लाई समाज […]









