८ असोज, काठमाडौं । रोल्पाको थवाङका दिलबहादुर घर्तीलाई साउदीको जेलबाट छुटाउन संकलन गरिएको ब्लडमनी वापतको रकम खर्च कटाएर ३७ लाख २६ हजार उब्रिएको छ । यो रकम राज्यकोषमा जम्मा गर्ने कि अन्य पीडितलाई दिने भन्नेबारे अभियन्ताहरु दोधारमा परेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनको अगुवाइमा दिलबहादुृरका लागि ब्लडमनी संकलन गरिएको थियो । यस […]
Author: purnakhabar
ईटहरीमा पहिलो उच्च गुणस्तरको सपिङ्ग मल सेन्ट्रल प्लाजा र सिनेमा हल सिनेफ्लिक्स संचालन
इटहरी । श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीले ईटहरीको केन्द्रमा पहिलो आकर्षक सपिङ्ग मल सेन्ट्रल प्लाजा र अत्याधुनिक सुविधायुक्त उच्च गुणस्तरको सिनेमा हल सिनेफ्लिक्स संचालनमा ल्याएको छ ।उद्घाटन समारोहमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पीटालिटीका डाइरेक्टर राजेश श्रेष्ठले भने, 'हामीलाई विश्वास छ पहिलो पटक ईटहरीमा खुलेको यस सिनेमा हल र सपिङ्ग मलले ईटहरीका दर्शकहरुलाई मनोञ्जनको उत्कृष्ट अनुभव गराउनेछ ।' बजारको […]
हनुमानढोकामा मनाइयो इन्द्रजात्रा (फोटो फिचर)
८ असोज, काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी सोमबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ । हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि इन्द्रजात्रा सुरु हुन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिङ्गोलाई ‘इन्द्रध्वजोत्थान’ […]
सोह्र श्राद्ध, पितृहरूलाई प्रसन्न तुल्याउने १६ विशेष दिन
आजबाट १६ श्राद्ध सुरु भएको छ। १६ दिनसम्म पितृप्रतिको सम्मान प्रकट गरिने भएकाले यस अवधिलाई पितृ पक्ष भनिन्छ । श्राद्ध पक्षका १६ दिनमा भाद्रशुक्ल पूणिर्माको दिन पूणिर्मा तिथिको श्राद्ध गरिन्छ । यसपछि आश्विन कृष्ण पक्षका १५ दिन क्रमशः प्रतिपदादेखि अमावस्यासम्म तिथिअनुसार श्राद्ध गरिन्छ। अन्तिम दिन सर्वपितृमोक्ष अमावस्या पर्छ । पितृहरूलाई प्रसन्न पार्न तथा जानेर वा […]
सिक्टा सिँचाइ आयोजनाः बदमासी गर्नेलाई कारवाहीको दायरामा ल्याइने
–रमेश लम्साल काठमाडौँ– सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने तयारी गरिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सुशीलचन्द्र तिवारीको संयोजकत्वमा छानबिन समिति गठन […]
पाँच वर्षपछि टाइगर उड्सको पहिलो जित
काठमाडौं । गल्फ सुपरस्टार टाइगर उड्सले सिजनको अन्त्यमा आयोजित टुर च्याम्पियनसीप दुई सटले जितेका छन् । पाँच वर्षयताको यो उनको पहिलो जित हो । ४२ वर्षीय अमेरिकी खेलाडीले आफ्नो ८० औ पीजीए टुर टाइटलका लागि एटलान्टामा एक ओभर ७१ सट खेले । मेरुदण्डको सर्जरीपछि एक वर्षअगाडि ११९९ विश्व वरियतामा रहेका उड्सका लागि यो महत्वपूर्ण उपलब्धी […]
एसिया कपको फाइनलमा बंगलादेश र पाकिस्तानमध्ये कुन ?
८ असोज, काठमाडौं । युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा बंगलादेशले अफगानिस्तानमाथि ३ रनको रोमाञ्चक जित निकालेसँगै फाइनलमा बंगलादेश र पाकिस्तानमध्ये कुन टिम पुग्ला ? निकै रोचक बनेको छ । युएईको अबुधावीस्थित शेख जायद रंगशालामा आइतबार राति सम्पन्न खेलमा अफगानिस्तानलाई ३ रनले पराजित गर्दै बंगलादेशले फाइनल पुग्ने आफ्नो सम्भावनालाई जिवितै राखेको छ । यता, […]
स्थानीय तहलाई पनि कागजविहीन बनाउने तयारी
न्त्रिपरिषद्को बैठक पेपरलेस (कागजविहीन) भएसँगै स्थानीय तहलाई कागजविहीन बनाउने गृहकार्य अघि बढाएइएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सहकार्य गरेर त्यसको गृहकार्य अघि बढाएको हो । गत श्रावण १० गते कार्यालयले मन्त्रिपरिषद्को बैठक स्वचालित प्रणालीअनुसार सञ्चालन गरी कागजविहीन बनाइएको थियो।मन्त्रालयले ‘अफिस अटोमेशन प्रणाली’ ल्याउन तयारी गरिरहेको हो । सो प्रणाली […]
अस्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपालीको कथा
सिड्नी र नेपालका नरेश अवाल र प्यालीस्टाइनका फहाद सेमको भेटघाट भएकै दिनबाट यो कथा सुरु हुन्छ । बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मको नर्थ स्टारर्थफिल्ड स्टेशनमा आफ्नो ड्युटी सकिनु एक घण्टाअघि नरेशले आफ्ना नयाँ सहकर्मी फहादलार्इ यात्रु सहयोग कक्ष तथा स्टेशनबारे ‘इन्डक्सन’ गराउदै थिए । यो २०१८ को मार्च ८ बिहीबार दिउँसोको १ बजे कुरो […]
नेकपामा प्रचण्डलाई बादलको चुनौती
७ असोज, काठमाडौं । नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादीभित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ । पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवाद अिान्दोलनका पुराना सहयात्री हुन् । […]









