१५ असोज, हुम्ला । चीनबाट अवैध रुपमा नेपाल भित्रियाइएको रु एक करोड ८४ लाख ८ हजार मूल्य बराबरका चिनियाँ मदिरा (झिनी) प्रहरीले नष्ट गरेको छ । जिल्लाको चुवाखोला, टाँके लाग्ना, लिमीलगायतका नाकाहरुबाट अवैध रुपमा भित्रिएको उक्त मूल्य बराबरका चिनियाँ मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यलय, हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन श्रेष्ठले जानकारी दिए । गएको […]
Author: purnakhabar
जेष्ठ नागरिकका अनुभव देश निर्माणका लागि महत्त्वपूर्णः प्रधानमन्त्री
१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुकमो अनुभव देश निर्माणका लागि महत्त्वपूर्ण हुने बताएका छन् । २८औँ अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली जेष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताए । जीवनका विभिन्न […]
सासुओलोमाथि एसी मिलानको शानदार जित
१५ असोज, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले सासुओलोलाई ४–१ गोलअन्तरले पराजित गरेको छ । एसी मिलानले सासुओलोलाई उसैको घरेलु मैदानमा फराकिलो अन्तरले जित हात पारेको हो । एसी मिलानको जितमा सुसोले २ गोल गरे । त्यस्तै, फ्रान्क यान्निक किसे र स्यामुल क्यास्टिल्जोले समान १–१ गोल गरे । फिलिप जुरिसिसले एक गोल फर्काए […]
निर्मला हत्या छानबिनः डीएनए टेस्ट प्रहरीकै प्रयोगशालामा
१५ असोज, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको छानबिनदेखि नेकपाको विवाद, प्रदेश ७ को राजधानी गलफतीलगायत विषयलाई पत्रपत्रिकाहरुले प्राथमिकताका साथ उठाएका छन् । पहिलो पृष्ठमै भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्वारा पाइल नै नष्ट पारिएको, मिसनमा जर्नेलका कोटा खारेज गरिएको, अश्लील १६ हजार वेबसाइट […]
नाकाबन्दीपछि किन सुस्तायो वीरगञ्ज ? यस्ता छन् ४ कारण
१४ असोज, वीरगञ्ज । वीरगञ्जको मुख्य व्यापारिक केन्द्र माइपोखरी नजिकै निर्भयकुमार श्रीवास्तवले इलेट्रोनिक्स व्यवसाय सुरु गरेको ११ बर्ष बित्यो । ठूलो चहलपहल हुने वीरगञ्जको मुटुमै ब्यापार गरिरहेका उनी पछिल्लो समयमा रनभुल्लमा छन् । वीरगञ्जको व्यापारको गति ह्वात्तै घटेको छ । ०६२/६३ पछि वीरगञ्जमा तीनबाट ठूला आन्दोलन भए । व्यवस्था फेर्न भनेर गरिएका आन्दोलनले निर्भयकुमार जस्ता […]
निर्मलाका हत्यारा भेट्न १२ वर्ष लाग्न सक्छ : प्रधानमन्त्री
१४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिका पुगेका बेलामा पनि निर्मला हत्या प्रकरणको प्रश्नले लखेटेको छ । अमेरिकामा अन्तरवार्ता दिने क्रममा प्रधानमन्त्री ओलीले निर्मला हत्याको प्रश्नको सामना गर्नुपर्यो । प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले बलात्कार र हत्या सरकारले गरेको होइन भन्दै यस्ता कतिपय घटनामा अपराधीहरु पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्ने बताए । […]
निर्मला हत्याकाण्डः ‘भेजिनल स्वाब’ सक्कली त हो ?
१४ असोज, काठमाडौं । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको शवबाट संकलन गरिएको ‘भेजिनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भेजिनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् । निर्मलाको शवबाट संकलित भनिएको ‘भेजिनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । […]
नेकपाको संकटः विभीषण कि कुम्भकर्ण ?
१४ असोज, काठमाडौं । भारतीय विदेशमन्त्री सुस्मा स्वराजले शनिवार संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको अधिकांश समय पाकिस्तानविरुद्ध केन्दि्रत थियो । सुष्माले हिन्दीमा सम्बोधन गरिरहँदा कतिपय भारतीय पत्रकारले ट्वीट गरिसकेका थिए-अबचाहिँ हिन्दूस्तानमा चुनाव लागेछ । उसो त भारतमा जब निर्वाचन आउँछ, त्यसपछि सरकारमा बसेकाहरु पाकिस्तानविरुद्ध आक्रामक बन्छन् । विपक्षीले आफ्ना कर्ममाथि प्रश्न उठाउँदै जनताको सहानभूति लिन […]
पशुपति क्षेत्रभित्र जेष्ठ र अशक्तलाई निशुल्क टेम्पो
१४ असोज, काठमाडौं । पशुपति क्षेत्रभित्र दुईवटा सफा ट्याम्पो सञ्चालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो । लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा सञ्चालनमा ल्याइएको ट्याम्पोको सेवा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आइतबार एक कार्यक्रमका […]
विदेश जाने खर्च जुटाउन साथीको हत्या ! त्यसपछि फिरौतीको बार्गेनिङ
१४ असोज, मोरङ । विराटनगर- १७ का २० बर्षका मोहम्मद सद्दाम हुसेन वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । उनको भिसा लागिसके पनि खर्च जुटाउन सकेका थिएनन् । त्यही खर्च निकाल्न उनले गाउँकै खलिल मियाका छोरा मोहम्मद अस्फाकलाई अपहरण गर्न साथी मोहम्मद आरिफ आलमसँग योजना बनाए । गौतमबुद्ध स्कुल कक्षा १०मा अध्ययनरत अस्फाक, हुसेन […]









