Banner News

सल्यानको साँस्कृतिक महाेत्सवमा गायिका सरस्वती लामालार्इ राेक लगाइयाे

कार्तिक ११, सल्यान । छाडा तथा अर्धनग्न गायिका सरस्वती लामालार्इ सल्यानमा राेक लगाइएकाे छ ।

सहयात्री फिल्मस् प्रालिले सल्यानकाे श्रीनगरमा राख्न लागेकाे सल्यान साँस्कृतिक महाेत्सव २०७५ मा गायिका लामालार्इ राेक लगाइएकाे हाे । समाजलार्इ नपच्ने लाज र विकृती ल्याउने भएकाले उनलार्इ राेक लगाएकाे अायाेजकले बताएकाे छ ।

पहिले लामालार्इ ल्याउने भनेर ब्यानरमा राखेकाे तर पछि शारदा नगरपालिका, सल्यान उद्याेग वानिज्य संघ लगाएत विभिन्न संघ स्थाहरुले स्टेज कार्यक्रममा नल्याउन भनेपछि लामाकाे कार्यक्रम राेकेकाे कार्यक्रमका निर्देशक डिल्ली थापाले जानकारी दिए । उनले सरस्वती लामालार्इ अरु कार्यक्रममा भित्र्याए पनि स्टेज कार्यक्रममा भित्र्याउन नसकिने बताएका छन् ।

तर साँस्कृतिक महाेत्सवमा अन्य थुप्रै कलाकारहरु सहभागी हुने भएका छन् । कार्तिक १४ गतेदेखि १७ गतेसम्म संचालन हुने महाेत्सवमा चर्चित नायक जयकिसन बस्नेत, सितल केसी, दिपकराज गिरी, दिपा श्री निराैँला, हाँसेकलाकार सुरविर पण्डित (दारी बा), खलनायक यादव बैरागी, गायक गायिका कृष्णा रेउले, प्रकाश सपुत, शान्ति श्री परियार, अन्जलि अधिकारी, दुर्गेश थापा लगाएतका कलाकारहरु अाउने कार्यक्रम निर्देशक थापाले बताए ।

कार्यक्रम बृहत र सभ्य हुने भएकाेले सहभागी हुनकाे लागी अायाेजकले सबैलार्इ अनुराेध गरेकाे छ ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *