Banner News

विप्लवका केन्द्रीय नेता पुन र राई हिरासतबाट मुक्त

असोज १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य द्वय ओमप्रकाश पुन र पदम् राई हिरासत मुक्त भएका छन । लामो हिरासत बसाईपछि आज हिरासत मुक्त भएका हुन् ।

बन्दि प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि नेकपाका पोलितब्यूरो सदस्यद्वय पुन र राई हिरासत मुक्त भएका छन ।

यस अघि सर्बोच्च अदालतले नेकपाका नेताद्वयलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्बोच्च अदालतका मुख्य रजिस्ट्रारको रोहवरमा रिहा गर्न आदेश दिएको थियो ।

हिरासतामुक्त भएपछि अदालत परिसर बाहिर नेकपाका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *