Uncategorized

पेट्रोल कालोबजारी गर्ने ६ जना पक्राउ

७ मंसिर, महोत्तरी । महोत्तरीमा पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा गरेको अनुगमनको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

अनुगमन टोलीले गौशाला बजार आसपासमा रहेको पेट्रोल पम्पमा अनुगमन गर्ने क्रममा प्लास्टिकका बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको अवस्थामा बिक्री वितरणमा संलग्न ६ जनालाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए ।

पक्राउ परेकाहरुको साथबाट ११३ लिटर पेट्रोल र १५ लिटर डिजल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले पेट्रोलियम पदार्थको कालोबजारी गर्ने गरेको अनुगमन टोलीले जनाएको छ । पक्राउ परेकालाई इलाका प्रहरी कार्यालय गौशालामा राखिएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *