Uncategorized

कनम्याक २०१८ मा सिप्रदी र टाटा हिटाची

७ मंसिर, काठमाडौं । कनम्याक नेपाल २०१८ मा सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडसँगको सहकार्यमा टाटा हिटाचीले नयाँ ईएक्स२०० सुपर प्लस हाइड्रोलिक एस्काभेटर कम्प्याक्ट र शक्तिशाली मिनी एस्काभेटर जेड्एएक्सआईएस३३यू सार्वजनिक गरेको छ ।

टाटा हिटाचीका पछिल्ला उत्पादनहरूको सिप्रदीका अध्यक्ष सौर्य शमशेर जवरा, वरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले कनम्याकमा उद्घाटन गरे । सार्वजनिक समारोहमा अध्यक्ष जवराले स्टेटअफआर्ट प्रविधीको टाटा हिटाची उत्पादनहरू अनावरण गर्न उद्योगमा र नेपालमा यसप्रकारको बेजोड टेलिमेटिक्स सोलुसन्स सार्वजनिक गर्न पाएकोमा खुसी लागेको बताए ।

यी उत्पादन सार्वजनिक बाहेक टाटा हिटाचीको स्टलमा कार्यसम्पादन गरेको जेडएएक्सआईएस२२० क्वेरी र म्याक्स सेरीजको टीएच८६ व्याकोह लोडर पनि थिए ।

विशिष्टकृत उद्योगका एप्लिकसेनहरूको माग पुरा गर्ने सामग्रीहरू पनि प्रदर्शनमा राखिएको थियो । त्यसबाहेक, प्रदर्शनीमा टाटा हिटाचीका विभिन्न खाले जेन्यून स्पेयर पार्ट्स पनि प्रदर्शनीमा राखिएको थियो ।

कार्यक्रममा बोल्दै सेल्स एण्ड मार्केटिङका बरिष्ठ महाप्रबन्धक हेमन्त मथुरले भने, ‘हामीलाई हाम्रो आधिकारिक डिलर साझेदार सिप्रदी अर्थमुभर्ससँगको साझेदारीमा कन्म्याकमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ ।’नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र हामी नयाँ इएक्स२०० सुपरं हाइड्रोलिक एस्काभेटर र मिनी हाइड्रोलिक एक्साभेटर जेडएक्सिस३३यू सार्वजनिक गर्दा गर्व गर्दछौं ।’

‘हामीले हाम्रा ग्राहकहरूलाई फाइदा पुग्ने विश्वासका साथ क्लिक कप्लर पनि सार्वजनिक गरेका छौं’, उनले थपे, ‘हाम्रो बुथ ‘आउँ देश बनाउँ’ को विषयमा डिजाइन गरिएको छ । हामी हाम्रो मेसिनको प्रयोग गरेर नेपालको विकासका लागि प्रतिबद्ध छौं र हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मेसिन, उत्कृष्ट स्पेयर पार्ट्स र विक्रिपछिको उत्कृष्ट सहायता सेवामार्फत खुसी पार्ने लक्ष्य राख्दछौं ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *