Uncategorized

बजारमा आएको एक महिनामै नयाँ आइफोनको मूल्य घट्ने

एप्पलले लञ्च गरेको एक महिनामै आइफोन एक्स आरको मूल्य कटौती गर्ने तयारी गरेको छ ।

समाचार अनुसार जापानमा आइफोन एक्स आरको मूल्य घटाउने तयारी एप्पलको रहेको छ ।

यदि यस्तो निर्णय भएमा एक महिनामै मूल्य घटाइएको एप्पलको पहिलो आइफोन हुनेछ ।

वालस्ट्रिट जर्नलको रिपोर्ट अनुसार आइफोन एक्स आरको मूल्य प्रभावकारी रुपमा कटौती गर्नका लागि एप्पलले जापानी टेलिकम अपरेटरहरुलाई सहुलियत दिनेछ ।

जापानमा आइफोन एट अहिलेसम्म पनि सबैभन्दा लोकप्रिय आइफोनको रुपमा रहँदा नयाँ आइफोन एक्स आरप्रति जापानी प्रयोगकर्ताको रुचि खासै नदेखिएपछि एप्पलले मूल्य घटाउने नयाँ उपाय सोचेको बताइएको छ ।

यद्यपि, यसबारेमा एप्पलले कुनै आधिकारिक जानकारी बाहिर ल्याएको छैन । साथै आइफोन एक्स आरको मूल्य कतिसम्म कटौति हुने भन्नेपनि सार्वजनिक भएको छैन ।

स्मरण रहोस् एप्पलले हालैमात्र पछिल्लोपटक लञ्च गरिएका आइफोन एक्स आरसँगै तिनवटै आइफोनको उत्पादनमा कटौति गर्ने निर्णय गरेको समाचार बाहिरिएको थियो ।

एजेन्सी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *