Uncategorized

ए डिभिजन लिगः एनआरटीविरुद्ध च्यासलको पहिलो हाफसम्म दोब्बर अग्रता

६ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले न्युरोड टिम (एनआरटी) क्लबविरुद्ध पहिलो हाफसम्म दोब्बर अग्रता बनाएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा जारी खेलमा च्यासलले पहिलो हाफमा नै २-० गोलको अग्रता बनाएको हो । च्यासलको लागि दुबै गोल अमिर श्रेष्ठले गरेका हुन् ।

खेलको १४औं मिनेटमा नै अमिरले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । खेलको २८औं मिनेटमा फेरी अर्को गोल थप्दै अमिरले आफ्नो टिमलाई दोब्बर अग्रता दिलाएका हुन् ।

आजै दिउँसो लिग लिडर थ्रीस्टार क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *