भरपेट खाना खानुभयो । खानाले पेट भरिए पनि मन अघाएन ? अर्थात फेरी भोक महसुष भयो ।
किन यस्तो भयो ? यो कुनै समस्या पो हो कि ?
तपाईको आशंका सही हुनसक्छ । किनभने भरपेट खाइसकेपछि पनि हामीलाई ‘भोक लागेको’ महसुष हुन्छ । पेट भरिएकै हुन्छ । शरीरको माग पूर्ति भएकै हुन्छ । त्यसो भए किन फेरी भोक लाग्यो त ?
यस किसिमको भोक वास्तविक होइन । अर्थात शरीरले मागेर होइन । जब हामीलाई भोक लागेको जस्तै लाग्छ, यो नक्कली भोक हुनसक्छ । खतरा चाहि के भने, नक्कली भोक पहिचान गर्न नसक्नु । किनभने हामी भोक लागेकै ठानेर भरपेट खाना खाइदिन्छौं । खाना अनियन्त्रित हुन्छ । पेट चर्किन्छ ।
यसको साइड इफेक्ट भनेको अपचदेखि मोटोपनसम्म ।
पोषणविज्ञहरु भन्छन्, ‘हामीले कैयौँ पटक प्यासलाई भोक मानिरहेका हुन्छौँ । तपाईले घण्टा-घण्टामा खाना सेवन गर्दा पनि अझै खानको इच्छा हुन सक्छ ।’ यसरी नक्कली भोक लागेको बखत के गर्ने त ? पोषणविद्हरुले सुझाव दिएका छन्, ‘यस्तो अवस्थामा फलफुलको रस वा पानी खाएर पनि तपाई शान्त हुन सक्नुभएन भने अरु पनि कारण हुन सक्छन् ।’
कसरी थाहा पाउने नक्कली भोक ?
शरीरले हरेक कुराको संकेत गर्छ । तर, त्यस्ता संकेतलाई हामीले पहिचान गर्नुपर्छ । नक्कली र वास्तविक भोकबारे थाहा पाउनका लागि ‘हंगर सिग्नल’ अर्थात भोक लाग्ने संकेतको पहिचान गर्न जरुरी हुन्छ ।
वास्तविक भोकको संकेत हुन्छ पेटमा हल्का मडारिएर भोकको अनुभुति हुने ।
वास्तविक भोक लाग्दा, कमजोरी र उर्जाको कमी महसुष, हल्का टाउको दुखाई, कुनै कुरामा पनि एकाग्रता नहुने र हल्का छटपटी हुने गर्छ । त्यस्तै, नक्कली भोकको लक्षण भनेको प्यास लाग्ने, भेट भरिएको अवस्थामा पनि कुनै विशेष खानाको रुची राख्ने, सार्वजनिक समारोह वा अरुसँग खानाको सम्झना आउने ।
थकानमा किन भोक ?
थकित हुँदा पनि बढी भोकको महसुष हुने गर्छ । निद्रा पुरा नहुँदा या मानसिक तनावको कारणले समेत भोक लागेको जस्तो हुन्छ । केही खाउँ खाउँ लाग्छ । नझुक्किनुहोस्, यो वास्तविक भोक होइन । अर्थात तपाईको शरीरले खानेकुरा मागेकै छैन ।
हामी थकानको समयमा उर्जाको कमी भएको ठानेर धेरै खानेकुरा खाइदिन्छौं । यसको राम्रो विकल्प त के हो भने, दिनको समय १०-१५ मिनेटको लागि झ्याप्प निद्रा लिने । निद्रा लिएपछि भोक हराउँछ । तनाव पनि । थकान पनि ।
तनावमा किन बढी भोक लाग्छ ?
हामी झन्झटिलो हुँदा मान्छौं की भोक, प्यास, निद्रा, चैन सबै हराएर जाने गर्छ । मानसिक रुपमा बोझिलो वा समस्याग्रस्त हुँदा अत्याधिक भोकको महसुष हुने गर्छ । यस्तो किन हुन्छ त ?
एक मनोविज्ञ भन्छन् ‘जव हामी मानसिक रुपमा समस्यामा हुन्छौं । उक्त समयमा मस्तिष्कमा स्टे्रस हर्मोन कार्टिशोलको मात्रा बढेर जाने गर्छ ।’
यस्तो अवस्थामा हामीलाई बेचैन, छटपटी हुने गर्छ । जुन बखत कुनै पनि खाना खाएर मानिस अस्थायी रुपमा बेचैनीबाट बच्ने गर्छ । या भनौँ यसो गर्दा केही हदसम्म राहत मिल्ने गर्छ । यो परिस्थितीमा मानिसले अन्जानमै आवश्यकताभन्दा बढी नै खाइसकेको हुन्छ । अझ सबैभन्दा खतरनाक के छ भने यस्तो अवस्थामा मानिसले चकलेट, पपकर्न, वर्गर, पिज्जाजस्ता जंक फुड खाने इच्छा गर्छ । यसलाई इमोशनल इटिङ भन्ने गरिन्छ ।
के गर्छ इमोशनल इटिङले ?
इमोशनल इटिङ भनेको भावनाको इसारामा खाने परिणाम हो । यस्तो व्यवहारले मानिसलाई विस्तारै डिप्रेशनतिर धकेल्छ । इमोशनल इटिङले छोटो समयमै मोटोपनाको शिकार बनाउँछ । यसबारे विज्ञ भन्छन् ‘तपाई आफै यस कुरामा सचेत हुनु पर्छ की कतै आवश्यकभन्दा बढी खाइएको त छैन ?’
भरपेट खाएर पनि खानेकुराको इच्छा जाग्नु वा भोक लागेको महसुष हुनु राम्रो होइन । यस्तो व्यवहार भनेको इमोशनल इटिङको एउटा प्रकार हो । यस्तो इटिङले शरीरमा बोसो र सुगरको मात्रालाई बढाउने गर्छ र शरीरमा आवश्यक पोषण तत्वको पनि भएर जाने गर्छ ।’
जव हामी तनावग्रस्त हुन्छौँ, त्यतिबेला हामी अरु कुनै काममा लाग्न जरुरी हुन्छ । यसको लागि कुनै किताव पढ्ने, केही कुरा लोख्ने या लामो यात्रामा हिँड्ने पनि गर्न सकिन्छ । यसो गर्दा तनावलाई राहत मिल्न जान्छ । यसको साथमाहामी खानपानको बानीलाई पनि सुधार गर्दै नियन्त्रणमा राख्नुपर्छ ।
खासगरी महिलाहरुलाई गर्भावस्थामा यस्तै भोक जाग्ने गर्छ । उनीहरुलाई अमिलो, पिरो खाने इच्छा जाग्छ । गुलियो खानेकुराको तलतल लाग्छ ।
त्यस्तै मासिक श्रावको समयमा पनि मिठो खान मन लाग्छ । यसकोे संकेत हो शरीरमा भिटामिन बी, जिंक तथा म्याग्नेशीयम जस्ता खनिज तत्वको कमी छ । मासिक श्रावअघि खानपानमा निकै सावधानी अपनाउन जरुरी हुन्छ । सूप, फलफुलको जुस, पानी जस्ता तरल पदार्थको प्रयोगलाई बढाउनुपर्छ भने नुनको सेवनलाई आधा घटाउनुपर्छ ।
भोकलाई कसरी नियन्त्रणमा राख्ने ?
भरपेट हुँदा हुँदै पनि खान मन लाग्नुको अर्थ हो हो, मानसिक भोक । भावनात्मक भोक । यस्तो भोकमा खानेकुरा खाने होइन, बरु अरु विकल्प खोज्ने हो । सजिलो विकल्प हो, पानी ।
नक्कली भोक जागेको अवस्थामा सबैभन्दा पहिला पानी पिउनुपर्छ । किनकी त्यस्तो अवस्थामा भोक नभएर प्यास मात्र भएको पनि हुन सक्छ । त्यसरी भएन भने हल्का खान सक्नुहुन्छ । नक्कली भोक लाग्दा दही वा ड्राइ फ्रुट्स सेवन गर्दा त्यस्तो फरक पर्दैन । वा, ग्रीन-टी बदाम, खजुरजस्ता खाद्यपदार्थको पनि सेवन गर्दा हुन्छ । किनभने यसमा चिनीको मात्रा अत्यन्तै कम हुन्छ । यस्तो अवस्थाममा मैदाजन्य पदार्थ, चिया, कफी, कार्बोनेटेड डि्रङ्कस आदिबाट भने बच्नुपर्छ ।
जव अफिसमा काम गर्दा नक्कली भोक लाग्छ त्यतिबेला सेतो गहुँको परिकार प्रयोग गर्न सकिन्छ । उत्तम के हुन्छ भने चनालाई भिजाएर उमाल्नुस् र त्यस्लार्य ‘इअर टाइड’ बट्टामा राख्नुस् । जतिबेला भोकको महसुष हुन्छ त्यतिबेला झिक्नुस् र खानुहोस् । यसमा थोरै चाट मसला, टमटर, काँक्रा र प्याज राखेर पनि खान सक्नुहुन्छ । यसो गर्दा पेट भरिएको महसुषत हुन्छ नै चनाको परिकार स्वास्थ्यको दृष्टिले निकै फाइदाजनक हुन्छ । अफिसको ड्रोयरमा चकलेट, चिप्स जस्ता खाद्यपदार्थ राख्दै नराख्नुस् । निककी यसले भोकलालाई राहत प्रदान गरे पनि स्वास्थ्यमा नकरात्मक असर पुर्याउँछ ।
खानपानको रुटिङ कसरी व्यवस्थित गर्ने ?
खानपानको बानीलाई पहिलेकै अवस्थामा फर्काउनका लागि सबैभन्दा पहिले समयमै खाने बानीको विकास गर्नुपर्छ ।
पोषणविदका अनुसार प्रत्येक घण्टामा महिलाको शरिरमा हर्मोनल परिवर्तन हुन्छ । त्यसैले, उनीहरुलाई प्रत्येक दुई घण्टामा कुनै न कुनै कुरा खाइरहन आवश्यक हुन्छ । सामान्यतय हामीले दिनमा तीन पटक अनिवार्य रुपमा खाने बानी बसाउनुपर्छ । यसका साथमा पनि दुई तीन पटक केही न केही खानुपर्छ । तर, यस्तो समय अस्वस्थ्यकर खानाबाट भने बच्न जरुरी हुन्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको विहानको नास्ता कहिल्यै पनि विर्सनुहुँदैन । पेटभरी नास्ता गर्न जरुरी हुन्छ । तर, नास्तामा छिटो पच्ने कार्वोहाइड्रेट र प्रोटिनको मात्रा बढी प्रयोग गर्नुपर्छ ।
विहान छिटो उठ्नुहुन्छ भने अण्डाको सेतो भागजस्ता अधिक प्रोटिनुयुक्त खानाबाट दिनको शुरुवात गर्दा राम्रो हुन्छ । प्रोटिनमा टायरोसिन नामक अमीनो एसिड हुने गर्छ । जसले मस्तिष्कलाई चुस्त राख्ने काम पन गिर्छ । यदि तपाई दिनभर थकान या गह्रौ पनको महशुस गर्नुभएको छ भने बोसोयुक्त पदार्थको सेवनै नगर्नुस् ।
सामान्य काम, तर ठूला फाइदा
– दिनभरमा कम्तिमा आठ गिलास पानी पिउनुस् । यसले नक्कली भोकलाई नियन्त्रणमा राख्ने काम गर्छ । त्यतिमात्र नभए यसले महत्वपूर्ण ‘क्लीजिङ एजेन्ट’ रुपमा काम गर्छ ।
– फेमीलि डाक्टरबाट कुन भिटामिन सप्लीमेन्ट आफ्नो स्वास्थ्यको लागि उत्तम हुन्छ भन्ने कुराको जानकारी राख्नुस् ।
– विहानको खानाको शुरुवात फलफुलबाट गर्नुस् । त्यस्तै खाजामा छिटो पच्ने कार्वोहाइड्रेट र प्रोटिनको मात्रा अत्याधिक सेवन गर्नुस् ।
– यदि दिनभर अफिसमा हुनुहुन्छ भने साथमा नट्स, चीजन, भटमासको दुधलाई राख्नुस् । र, हरेक दुई घण्टामा थोरथोरै यस्ता पदार्थको सेवन गर्न सक्नुहुन्छ । लन्चको सेड्युलमा पौष्टिक तरकारी र रोटीलाई अनिवार्य गर्नुस् ।
– सामान्यतया दिनमा तीन पटक खाने वानी बसाल्नुस् । यसो गर्दा रगतमा चिनीको मात्र सामान्य हुँदै जान्छ । शरीरलाई फुर्तिलो बनाउन पनि सहयोग गर्छ ।



