Uncategorized

प्रधानमन्त्री बरालिनुभयो, त्यसैले परिणाम आएनः गगन थापा

६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली बरालिएको टिप्पणी गरेका छन् । त्यही कारण परिणाम नआएको उनको दाबी छ ।

बिहीबार धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता थापाले प्रधानमन्त्री अलमलिएको, बरालिएको र फोकस हुन नसकेको आफुले पाएको बताएका हुन् । ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन,’ उनले भने भने, ‘हिजो मन्त्री र सचिवहरुको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ र, रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’

‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ तर, के गर्‍यो भने त्यो पुू हुन्छ भन्ने बुझ्नु भएन ।’ थापाले अघि भने ।

उनले पार्टी सभापतिको पनि आलोचना गरे । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आजश्यकताअनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए ।

सभापतिमात्र होइन, दलका दोस्रो तेस्रो तहका नेताहरुले पनि संसदमा उभिएर सरकारलाई प्रश्न गरेको आफूले नपाएको भन्दै कांग्रेस सांसद थापाले भने, ‘नेताले के भनिरहेको छ, के गरिरहेको छ, त्यसआधारमा दृष्टिकोण बन्छ । त्यसरी हेर्दा प्रतिपक्षी दलदका रुपमा सशक्त भूमिका खेल्न सकेको छैन ।’

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *