Banner News

हिमालयन बैंकले सुरु गर्यो हाईएमबि माेबायल बैंकिङ एप

मङ्सिर ५, काठमाडौँ । हिमालयन बैंक लिमिटेडले हाईएमबि माेबायल बैंकिङ एप सुरुवात गरेकाे छ ।

“हियर इज याेर न्यु बैंक” तथा “बिग बैंक इज स्मल साइज” भन्ने नाराका साथ बैंकका बरिस्ठ महाप्रबन्धक इजाज कादिर गिलले उक्त एपकाे सुरुवात गरेका हुन।

उक्त माेबायल एपबाट ग्राहकले अाफ्नाे खाताकाे जानकारी लिने, चेक व्यवस्थापन गर्ने, अाफुले लिएकाे रिनकाे बारेमा जानकारी लिने, बैंक बाट उपलब्ध हुने सेवा र सुबिधाका बारेमा जानकारी लिने, हिमालयन बैंक भित्रकै अर्काे खातामा रकमान्तर गर्ने, विभिन्न बिलकाे भुक्तानी गर्ने, अाफ्नाे खाताबाट भएका प्रत्येक काराेबाराे काे जानकारी लिने तथा अन्य थुप्रै सेवा सुबिधा पाउने बैंकले जानकारी दिएकाे छ।

बैंकका उपमहाप्रबन्धक उज्ज्वल राजभण्डारीले बैंकले उक्त एपमा सुरक्षाका सम्पुर्ण अाधुनिक प्रविधि उपलब्ध गराईएकाे र अागामि दिनमा थप नविनतम प्रविधि उपलब्ध गराउदै जाने बताए । बैकले देशभर भएकाे ५६ शाखा १०८ एटीएम मार्फत सेवा प्रदान गरिरहेकाे जनाएको छ।

हुवावे कम्पनिले हुवावे मेट टवान्टि प्राे नेपालमा सार्वजनिक सार्वजनिक गरेकाे छ। अघिल्लो महिना अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिएकाे थियाे । याे फाेन अहिलेसम्मकै सर्बाेउत्कृष्ट स्मार्टफाेन रहेकाे दाबि गरेकाे छ।

यसमा लाईका अल्ट्रा वाइड एंगल लेन्स सहितको लाइका ट्रिपल क्यामेरा जडान गरेकाे छ।किरन ९ सय ८० सहितको एअाई ( अार्टिफिसियल इन्टिलिजेन्स ) , ४० वाटकाे सुपर चार्ज तथा वायरलेस रिभर्स चार्ज युक्त ४२००एमएएच ब्याट्री रहेकाे जनाएको छ। हुवावेले अन्य कम्पनिले डुअल क्यामेरा ल्याएकाे बेला अाफुले ट्रिपल क्यामेरा भएकाे फाेन ल्याउन सफल भएकाे दाबि गरेकाे छ।

यसले रिभर्स चार्जिङ सपाेर्ट गर्ने भएकाले याे फाेनलाई पावर बैकिङका रुपमा पनि प्रयाेग गर्न सकिने छ। उक्त स्मार्टफाेनमा किरन ९८० काे लागि सातएनएम प्राेसेस प्रविधि अात्मसात गरेका कारण सिपियुकाे कार्य ७५ प्रतिशत ले वृद्धि गर्ने तथा जिपियु क्षमतामा ४६ प्रतिशत र एनपियुमा २ सय २६ प्रतिशत ले वृद्धि भएकाे कम्पनिले दाबि गरेकाे छ।

याे फाेन एमरालन्ड ग्रिनसहित क्लासिक ब्ल्याक रंगमा उपलब्ध रहेकाे छ।यसकाे नेपाली मूल्य १ लाख २९ हजार ९ सय रुपैयाँ ताेकिएकाे छ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *