Uncategorized

ट्याक्टरबाट खसेर मृत्यु

५ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं २७ कोहडी बस्ने शिवधार साह गोढको मृत्यु भएको हो ।

मेला भर्नका लागि जाँदै गरेको ना ४ त ४३७६ नम्बरको ट्याक्टरबाट खुशी आयल स्टोर्स नजिकै शिवधार खसेका थिए । खसेलगत्तै सोही ट्याक्टरले किचेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको र फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको प्रहरी निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *