Uncategorized

प्यासीको ‘पञ्चेबाजामा’ सार्वजनिक

गायक केहर सिंह प्यासीले लगनको महिना पारेर नयाँ पञ्चेबाजा गीत सार्वजनिक गरेका छन् । स्थानीय तथा जाती विशेषका भाकामा गीत रच्ने गरेका प्यासीले यसपाली विहेको महिनालाई छोपेर ‘नाचौं गाऔं पञ्चे बाजामा’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा केहरसिंह प्यासी र सम्झना भण्डारीले स्वर भरेका छन् । गीतको शब्द तथा लय संकलन स्वयं प्यासीले गरेका हुन् । प्यासीले प्रतिमा गुरुङसँग मिलेर गीत ल्याएका हुन् ।
गीतमा सुमन राना र मालती घलको अभिनय छ ।

गीतको छाँयाकन करन चैसिरले गरेका हुन भने सम्पादन विष्णु शर्माले गरेका छन् । गीतको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । हिम सम्झौता डिजिटलको ब्यानरमा बनेको गीत ‘केहर सिंह प्यासी’ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

युवा लोक दोहोरी गायक तथा सर्जक केहरसिंह प्यासीले यसअघि पनि आधा दर्जनभन्दा बढी गीतहरु सार्वजनिक गरिसकेका छन् ।
[youtube https://www.youtube.com/watch?v=aU9AeIrw9Sg]

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *