Uncategorized

दोहारो अंकले घट्यो सेयर बजार

२ मंसिर, काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ ।  आइतबार सेयर बजार १० दशमलव १४ अंकले घटेर नेप्से परीसूचक १ हजार १ सय ९४ दशमलव ८७ आइपुगेको हो ।

दिनरभरमा भएका ३ हजार ४ सय ८८ कारोबारबाट १ सय ४५ कम्पनीका १० लाख ७९ हजार ४ सय २७ कित्ता सेयरकिनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम भने ३३ करोड ३७ लाख ९६ हजार ९ सय २ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

आइतबार नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ भने सबै भन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले कमाएका छन् ।  यसैगरी समाता माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताहरुले भने सबैभन्दा धेरै गुमाएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *