Uncategorized

गर्लफ्रेण्डलाई लिएर अन्नपूर्ण होटल जाँदा…

३० कात्तिक, काठमाडौं । काठमाडौंको कलंकीमा गर्लफ्रेण्डलाई लिएर होटल जाँदा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको नवबुद्ध–८ घर भइ हाल काठमाडौं–१३, बाफल बस्दै आएका १८ वर्षीय साजन अधिकारी छन् ।

उनी बुधबार राति १५ वर्षीया प्रेमिकालाई लिएर होटल अन्नपूर्ण पुगेका थिए । छोरी घर नआएपछि परिवारले सोधिखोजी गर्ने क्रममा उनलाई फेला पारिएको थियो ।

‘बुधबार राति अधिकारीले बालिकालाई बलात्कार गरेको भनेर किशोरीको परिवारले जाहेरी दिएका छन्’, महानगरीय प्रहरी वृत्त, कालिमाटीका डीएसपी देवेन्द्रबहादुर पाल भन्छन्, ‘उनलाई पक्राउ परेर अनुसन्धान गरिरहेका छौं ।’

पालका अनुसार अधिकारीलाई जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

‘सहमतिमै भएपछि उमेर नपुगि शारीरिक सम्बन्ध राख्नु कानुनतः अपराध हो’, पालले अनलाइनखबरसँग भने, ‘त्यस्तैले उनलार्इ मुद्दा चलाइएको हो ।’

बालकको पारिवारिक स्रोतका अनुसार दुवै जना एउटै विद्यालयमा पढ्छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *