Uncategorized

प्रदेशका आन्तरिक मामिलामन्त्रीले निर्मलाका आमाबुबालाई भेटे

३० कात्तिक, काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले अनिश्चितकालीन धर्नामा रहेका निर्मला पन्तका आमाबुवालाई भेटेका छन् ।

बलात्कारपछि हत्या गरिएकी निर्मलाका आमाबुबा हत्यारालाई कारबाही गर्न माग गर्दै धर्नामा बसेका छन् । शुक्रबार धर्नास्थलमा पुगेका प्रदेशका आन्तरिक मामिलामन्त्री शाहले पीडित परिवारलाई न्याय दिने बताएका छन् ।

१० साउनमा साथी कहाँ गएकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो । तर, अहिलेसम्म हत्यामा संलग्नहरु पक्राउ परेका छैनन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *