Uncategorized

भोलिदेखि कर सप्ताह मनाइदैं, यस्तो छ कार्यतालिका

३० कात्तिक, काठमाडौं । आन्तरिक राजश्व विभागले विगत झै यस वर्ष पनि मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाउने भएको छ ।

‘करः समृद्ध नेपाल सुखी नेपालीको भर’ मूख्य नारासहित यस वर्ष कर सप्ताह मनाउन लागिएको विभागले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

यस वर्ष विशेष तरिकाले कर सप्ताह मनाउन लागिएको विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले बताए ।

हाल १८ लाख करदाता रहेको र आगामी ५ वर्षमा ३० लाख करदाता बनाउने लक्ष्य राखिएको भन्दै महानिर्देशक नेपालले करदाताहरुलाई अझ सक्रिय बनाउने विषयलाई प्राथमिकता दिदै कर सप्ताह मनाइने बताए ।

२०५४ मंसिर १ देखि हरेक वर्ष कर सप्ताह मनाउने गरिएको छ । यस वर्षको कर सप्ताह सफल बनाउनका लागि विभिन्न ७ वटा उपसमितिहरु गठन गरिएको महानिर्देशक नेपालले जानकारी दिए ।

उनका अनुसार १ गते शनिबार मूल कार्यक्रमको आयोजना गरिनेछ जसको उद्घाटन अर्थमन्त्री युवराज खतिवडाले गर्नेछन् ।

शनिबार नै काठमाडौं उपत्यका बाहिरका आन्तरिक राजस्व कार्यालय तथा करदाता सेवा कार्यालयहरुले निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुको समेत सहभागितामा प्रभातफेरी आयोजना गरिने बताइएको छ ।

२ गतेदेखि ६ गतेसम्म काठमाडौं उपत्यकामा ठूला करदाता, मध्यमस्तरीय करदाता कयाृलय र आन्तरिक राजश्व कार्यालयहरुद्वारा करदाता शिक्षा, अन्तरक्रिया र सचेतनाका कार्यक्रमहरु आयोजना हुनेछन् ।

यसैगरी मंसिर ३ गते विभार उद्योग वाणिज्य महासंघबीच आर्थिक ऐनले ल्याएको छुटको विषयमा छलफल, ५ गते चेम्बर अफ कमर्शको सहकार्यमा रक्तदान, ५ गते नै नेपाल उद्योग परिसंघको आयोजनामा कर सम्बन्धी अन्तरक्रिया, ६ गते मैत्रीपूर्ण खेल समेत आयोजना गरिने विभागले जनाएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *