Uncategorized

राखेपका उपाध्यक्ष तिमिल्सिनाले लिए सपथ

२८ कात्तिक, काठमाडौं । नवनियुक्त राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सिंहदरबारमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नवनियुक्त उपाध्यक्ष तिमिल्सिनालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।

सपथ ग्रहणपछि उपाध्यक्ष तिमिल्सिनाले आफ्नो अनुभव र लगावलाई खेलकुद क्षेत्रको विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे । मुलुकको खेल र खेलाडीहरुको हितमा समर्पित हुने नवनियुक्त उपाध्यक्ष तिमिल्सिनाको भनाइ छ । उनले खेलकुद क्षेत्रमा अवाञ्छित गतिविधि हुन नदिने योजना पनि सुनाए । तिमिल्सिना यसअघि पनि परिषदको उपाध्यक्ष थिए ।

समारोहमा परिषदका नवनियुक्त सदस्यद्धय राजेश गुरुङ र इन्दिरा निरौलाले पनि पद तथा गोपनियताको सपथ लिएका छन् मन्त्री विश्वकर्माले गुरुङ र निरौलालाई पनि पद तथा गोपनीयताको सपथ गराए ।

सपथ ग्रहण समारोहमा युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलगायत सहभागी थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *