Uncategorized

मेलबर्नमा शंखधर साख्वाको सम्झना, नेपाल सम्बतलाई राष्ट्रिय सम्बत बनाउन माग

मेलबर्न/मेलबर्नमा नेपाल सम्बतका पर्वतक शंखधर साख्वाको सम्झना गर्दै नेपाल सम्बत तथा म्हपुजाको अवसरमा कार्यक्रम गरिएको छ ।

कार्यक्रममा लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले राजा राघवदेवको शासनकालमा ऋणमा डुबेका देशबासीलाई शंखधर साख्वाले ऋण मुक्त गराएको योगदानको स्मरणस्वरुप त्यस समय प्रचलनमा रहेको शक सम्वत ८०२ लाई कात्तिक शुक्ल प्रतिपदाका दिन नेपाल सम्वत १ मा परिवर्तन गरी नेपाल सम्वत प्रचलन ल्याएको जानकारी दिए । अहिले नेपाल सम्बत ११३९ औं सुरु भएको छ ।

श्रेष्ठले नेपाल सम्बत अभियानलाई १९७९ मा नेपाल भाषा ‘मंका खल’को स्थापनाले थप ऊर्जा प्रदान गराएको कारण नेपाल सम्बतलाई नेवारहरुको सम्बतको रुपमा लिने मानसिकता धेरैमा देखिएको बताए । तर, त्यो सही नभएको भन्दै उनले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा मनाइनुपर्ने माग गरे ।

पत्रकार गोपालप्रसाद थपलियाले शंखधर साख्वाले सुरु गरेको नेपाल सम्बत सुरु गरेको ११३९ बर्ष भैसक्दा पनि आयातित बिक्रम सम्बतको सट्टामा आफ्नै नेपाल सम्बतलाई राष्ट्रिय सम्बतको रुपमा नमनाएकोमा दुस्ख ब्यक्त गरे ।

नेपालबाट अस्ट्रेलिया आएरपनि यस्तो भब्य कार्यक्रममा सहभागी हुन पाउँदा संधै पद्मरत्न तुलाधरको घरमा बर्षेनी मनाउने गरेको म्हपुजाको संझना दिलाएको उनले बताए ।

एनआरएन भिक्टोरियाका सचिब गौतम लामिछानेले यो कार्यक्रमलाई आगामी दिनमा अधिकाधिकलाई समेटेर अझै भब्यताका साथ मनाइनु पर्ने बर्ता ।

कार्यक्रममा साहित्यकार एबं पत्रकार सुशील चालिसेले मुक्तक र कविता बाचन गर्दै नेवारहरुले मात्रै गर्ने म्हपुजालाई सामुमिक रुपमा मनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा दिदीबहिनी समाज भिक्टोरियाका तर्फबाट बर्षा केसी राजभन्डारी, राज श्रेष्ठ र प्रभा श्रेष्ठ, सेभेन एपिक इण्टरटेनमेण्टका राज अधिकारी, नेवा एशोसिएसन अफ अस्ट्रेलियाको मायाप्रशाद सुवाल आदिको उपस्थिति रहेको थियो ।

नेपाल सम्बतलाई राष्ट्रिय सम्बतत घोषणा नगरिएपनि शंखधर साख्वालाई सरकारले २६ अक्टोबर २००३ मा राष्ट्रिय बिभूति घोषणा गर्ने, हुलाक बिभागले उनको सम्मानमा टिकट प्रकाशन गर्ने र २८ जनवरी २०१२ मा तानसेन पाल्पामा मूर्ति प्रतिस्थापन गर्ने काम भने भएको छ ।

 

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *