Banner News

सत्तारूढ नेकपाकै नेताले भने ‘यस्तै पाराले अब कम्युनिष्ट सरकारको सत्ता यो नै अन्तिम हुनसक्छ’

कार्तिक २१, सल्यान । सत्तारूढ दल नेकपा सल्यानका नेताहरूले अहिलेको सरकारले जनस्तरको काम गर्न नसकेको भनेर आलोचना गरेका छन् । सल्यान बागचौर नगरपालिका ९ मा रहेको सहिद स्मृति समाजले आज आयोजना गरेको चियापान कार्यक्रम बोल्ने नेताहरूले अहिलेको सरकार र जनप्रतिनिधिहरुले चाहना अनुरुपको काम गर्न नसकेको आरोप लगाएका हुन् ।

उनिहरुले जनप्रतिनिधिहरुले जनस्तरको काम गर्न नसकेको भन्दै जनतासामु आएर माफि माग्नुपर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा नेता भिम प्रकाश शर्माले सहिद मर्मले अहिले सत्तामा रहेकाहरुलाई नछोएको बताएका छन् । उनले जनप्रतिनिधिहरु काम नगरेर बेलाबेला गर्छौं भन्दै झुटो बोलेको आरोप लगाएका छन् ।
उनले संघीयता ठिक भएको तर अहिले कामहरु गलत भएको बताए ।

अहिले संघीय सरकार सुरुवाती चरणमा भएको भन्दै उनले जनता नतिजाको पर्खाइमा रहेको बताए । सरकारले अहिलेसम्म नतिजा दिन नसकेकोले तत्काल नतिजा दिनुपर्ने बताए छन् ।

त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेकपा नेता तथा पुर्व एमाले सल्यानका अध्यक्ष लोक बहादुर डाँगीले सरकाले यसरि जनतालाई परिणाम दिन नसके नेपालमा कम्युनिस्ट सरकारको सत्ता अन्तिम हुने बताएका छन् । उनले जनप्रतिनिधिलाई पालन पोषण गर्नको लागि राज्यलाई बन्धकमा राखेर रिन कार्नुपर्ने अबस्था भएको बताए ।

उनले भने- “अहिले अाकाशमा उड्ने र भुईमा चप्पल नलाएर हिड्ने वर्ग विभाजन भएको छ, यो अन्त्य हुनुपर्छ।” उनले अहिलेको संघीयता लडेर ल्याएको भन्दै यसैबाट विकल्प खोज्नुपर्ने बताएका छन् ।

सरकारले राजनीतिक हिसाबले दमन गर्नु नहुने कुरामा उनले जोड दिएका छन । निर्दोष मानिसलाई अदालतले रिहा गर्न आदेश दिएपनि सरकारले झुटा मुद्दा लगाएर गिरफ्तार गर्ने काम अन्याय भएको उनले बताए । दमनले समस्या समाधान नहुने भन्दै उनले दमन नगर्न सरकारलाई अाग्रह गरेका छन् ।

त्यसैगरी नेकपाका अर्का नेता तथा पुर्व माओवादी केन्द्र सल्यानका सेक्रेटरी टिकाराम ओली दर्शनले अहिले सिंगो समाज भद्रगोल, निराश र अराजक अवस्थामा भएको बताए । उनले कम्युनिस्ट अाचारनमा अहिले सरकार नभएको दाबी गरेका छन् ।

आफु सत्तामा हुँदा चुप लाग्ने र नहुँदा बिरोध गर्ने परिपाटीलाई अहिलेको सरकारले काम गरेर चिर्नु पर्नेमा उनलेे जोड दिएका छन् । उनले काँग्रेस पनि खाना पल्केको आरोप लगाएका छन् । राम्रो काममा बिरोध गर्ने र नराम्रो काममा मिलेर खाने काँग्रेसको परिपाटी भएको उनले बताए ।

विप्लव नेतृत्वको नेकपा नेता टोप बहादुर वलीले अहिले जनतालाई विकास चाहिएको बताएका छन् । उनले राजनीति पुर्वाग्रह ढंगले विकास गर्न नपाईने बताए ।

उनले आफ्नो पार्टीका जनप्रतिनिधि भनेर गलतमा चुप लागेर बस्न नहुँने भन्दै घचघच्याउन अरु दललाई आग्रह गरे । आफुहरुले क्रान्ति गर्छौं भन्दा डराउन नपर्नु समेत उनले बताए ।

कार्यक्रममा बोल्दै सहित परिवार गोपाल कुमार वलीले सहिदका सपना पूरा नभएको बताए । उनले जुन सत्ता आएपनि सहिदको नाममा खाने मात्रै काम गरेको बताए ।

कार्यक्रममा विभिन्न दलका नेताहरु, सहिद परिवार, जनप्रतिनिधि, शिक्षक, पत्रकार लगाएको सहभागीता रहेको थियो ।समाजका अध्यक्ष धनेन्द्र विमल ओलीको सभा अध्यक्ष्तामा भएको कार्यक्रमको संचालन भिम अोलीले गरेका थिए ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *