Uncategorized

पूजाको लक्ष्मीपूजा

नायिका पूजा शर्माले आज लक्ष्मीपूजा उल्लासपूर्ण तरिकाले मनाएकी छिन् । आफ्नै निवासमा पूजाले रंगोली बनाइन् भने लक्ष्मीको पूजा गरिन् । पूजाले हरेक बर्ष आफूले रंगोली बनाउने गरेको बताइन् । पूजाले भनिन्-‘मलाई तिहारको झिलिमिली निकै मनपर्छ । मैले लक्ष्मीपूजामा पैसा मागिन । दर्शकले दिएको माया नै सवथोक हो ।’

यसपटक पनि आफूले दर्शकको माया सधै नै यसरी पाउँ भनेर मागेको बताइन् । पूजा एक्ली छोरी हुन् । यसैले पनि तिहारको भाइटिका उनले ठूलो भएपछि लगाउन छाडेकी छिन् । पूजा भन्छिन्-‘आफ्नो नै भाई नभएपछि मलाई टिका लगाउन मन लाग्दैन । बच्चामा मैले टिका लगाइदिएँ । तर, ठूली भएपछि रानी पोखरीमा पुगेर टिका लगाउथ्यँ ।’

पूजाले सेलरोटी पनि आफै पकाउँछिन् । आफूले सेलरोटी पकाउन सिकेपछि सधै नै आफू बनाउने गरेको उनको तर्क थियो ।

तस्वीरः शंकर गिरी

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *