Banner News

बाटो रोकेर भैली खेल्दा गाडीले किचेर एक महिलाको ज्यान गयो, एक गम्भीर घाइते

कार्तिक २१, सल्यान । सल्यानका महिलाहरूले भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।

सल्यान बागचौर नगरपालिका १२ का महिलाहरू भैली खेल्न रुकुम झुल्नेटामा पुगेर गाडी रोक्ने क्रममा दुर्घटना भएको हो ।

मंगलबार दिउँसो २ बजेतिर सल्यानबाट रुकुम खलंगा तर्फ हिडेको भे १ ज १००० नम्बरको जिपलाई देउसी भैलो खेल्ने महिलाहरुले रोक्न खोज्दा जिप नरोकिएपछि बानपा १२ निवासी ३८ बर्षिय कल्पना ओलीलाई किचेलेर उनको ज्यान गएको हो।

घटनामा सोही वडाकी २८ बर्षिय दुर्गा केसी गम्भीर घाइते भएकी छन् । उनको उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका संचार प्रमुख गणेश साउथले जानकारी दिए ।

जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पश्चिम रुकुममा राखिएको प्रहरीले जनाएको छ ।

तस्बिर : माधव डिसी

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *