Uncategorized

वीरगञ्जमा ३ लाख ५० हजारको पटाका नष्ट

१९ कात्तिक, वीरगञ्ज । प्रहरीले वीरगञ्जमा ३ लाख ५० हजार रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ । दीपावली (तिहार) र छठ पर्वलाई लक्षित गरी अवैध रुपमा भित्र्याइएको पटाका बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज रक्सौल सीमा नाकाहरुको विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा बरामद गरेको ३ लाख ५० हजार रुपैयँँ मूल्य बराबरको पटाका नष्ट गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

डेढ लाखको चाँदीको गहना सहित एक जना पक्राउ प्रहरीले वीरगञ्जबाट ३ किलो २ सय ५० ग्राम चाँदी बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं १६ शंकराचार्य गेट नजिकैबाट अन्दाजी १ लाख ३८ हजार ४ सय १६ रुपैयाँको चाँदी बरामद गरिएको हो ।

रक्सौलबाट वीरगञ्ज तर्फ पैदल आइरहेका भारत, बिहार, पूर्वी चम्पारण, थाना रक्सौल, मोजे टोल बस्ने बिर बहादुर प्रसाद साह सोनारको शरिर खानतलासी लिंदा चाँदीका गरगहना फेला परेको दावी प्रहरीको छ ।

वीरबहादुरलाई शरीरमा चाँदीका गहना बेरेर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनको साथबाट प्रहरीले पाउजु ३६ जोर, सिक्री १९ थान, गिलास ८ थान, कचौरा ९ थान, चम्चा १२ थान, हनुमान लकेट २३ थान, चावी रिङ ६ थान, ब्रास्लेट ३ थान, मुसरी २७ थान र पायलको हुक १ पुरिया बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएको चाँदीका गहनासहित साहलाई आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *