Banner News

राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्ने काम गर्यो: अध्यक्ष डुम्रे

कार्तिक १७, अर्घाखाँची । क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनपक्षीय पत्रकारिता कमजोर बनेको टिप्पणी गरेका छन ।क्रान्तिकारी पत्रकार सँगठन नेपाल अर्घाखाँचीले सन्धिखर्कमा अायोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष डुम्रेले सो कुरा बताएका हुन ।

जिल्ला सँगठन समिति अर्घाखाँचीले प्रकाशन गरको जनआवाज नामक मुखपत्र विमोचन तथा शुभ दिपावली छठ पर्व एवम् शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष डुम्रेले पत्रकारहरुले पेसागत आचारसहिताको मर्म बिपरित गएर जनप्रतिनिधिको प्रेस सल्लाहकार बस्दा जनप्रतिनिधिले गर्ने गलत कामको खबरदारी नहुने भएकोले पत्रकार महासघको कार्यकारी भुमिकामा रहने पत्रकार साथीहरू जनप्रतिनिधिको प्रेस सल्लाहकार नबस्न अनुरोध गरेका थिए ।

अध्यक्ष डुम्रेले गलत कामको खबरदारी गर्न पत्रकार चुक्न नहुने बताए । उनले आफु जनपक्षीय पत्रकार हुनुको नाताले पत्रकारको समस्याको लागि निरन्तर रुपमा लाग्ने बताउनुभएको थियो ।

पत्रकारहरुलाई राज्यले उचित पारिश्रमिक नदिएर उल्टै दमन गरिरहेकोले पत्रकारले तोकिएको पारिश्रमिक पाउनुपर्ने पक्षमा लगातार अान्दोलन गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो । अध्यक्ष डुम्रेले एकअर्को प्रशङमा क्रान्तिकारी पत्रकार संगठन कृष्ण सेन इच्कछुक जस्ता सञ्चारकर्मी गुमाईसकेको संगठन भएकोले संगठनको भावी रणनिति र निर्देशन तय गरि अगाडी बढेको बताउनुभएको थियो । जनपक्षीय पत्रकारिता कमजोर हुदा जनताका जनजिविका, राष्ट्रियताका स्वाधीनताका पक्षमा बिषय नउठने उहाँको जिकिर थियो ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय महासचिव हिम बिष्टले पत्रकारको क्षमता अभिवृद्धि गर्न लागि आवश्यक पर्ने सम्पूर्ण क्रियाकलापहरु गर्न क्रान्तिकारी पत्रकार संगठन सधैं तत्पर रहेको बताउनुभयो ।
छत्रदेव गाउँपालिका प्रमुख लेखनाथ पोखरेलले पछिल्लो समयमा पत्रकारहरु द्वन्द्वमा परेको र अब पत्रकारले अरुको अधिकारीको बारेमा नलेखेर श्रमजीवी पत्रकारले आफ्नो अधिकारको बारेमा लेख्न आवश्यक परेको बताउनुभयो । उहाले पित पत्रकारीता नर्गन आग्रहसमेत गनु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाली काँग्रेसका कृष्ण खनाल, राजमोका जीवनारायण खनाल, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज कमल केसी, नयाँ शक्तिका केन्द्रिय परिषद सदस्य पुष्करनाथ आचार्य, विवेकशील साझा पार्टीका हरिप्रसाद भुसाल , नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष हिम बहादुर जिसी , महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाल प्रेस युनियन जिल्ला अध्यक्ष बिरेन्द्र के.सि., पत्रकार श्याम घिमिरे, अर्जुन भुसाल लगायतले मन्तव्य तथा शुभकामना राख्नुभएको थियो ।

कार्यक्रममा नेपाल प्रेस युनियन जिल्ला सचिव बिष्णु खनाल, मालारानि एफएमका स्टेशन म्यानेजर नविन के.शि, रेडियो देउरालिका रुद्रमणि भुसाल, पत्रकार सुरज घिमिरे, पत्रकार सागर महत सागर परियार अयान वि.क लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष अनिल नेपालीको अध्यक्षयता, कुलराज बन्जाडेको स्वागत मन्तव्य र भिम कौशलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *