१७ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग अन्तरगतको खेलमा बिराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको लक्ष्य दिएको छ । निकै राम्रो सुरुआत गरेको बिराटनगरले फिनिसिङ भने उत्कृष्ट ढंगबाट गर्न सकेन ।
टस जितोर ब्याटिङ रोजेको बिराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो ।
बिराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन । प्रदीप ऐरि र पुष्प थापाले ११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
एसके पटेल र पारस खड्काले विराटनगरेको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।



