Banner News

एक वर्षमा टाट पल्टिन सक्छ निगम

कात्तिक १४, काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ । सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो । यो दैनिक एक करोडभन्दा माथि हो ।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए । त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ । कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन ।

जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन । राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन् । यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ । स्रोत भन्छ, ‘यही अवस्था रहिरहे एक वर्षमा निगम टाट पल्टिन सक्छ।’

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *