Uncategorized

देशलाई सस्तो बस्तुको डम्पिङ साइट बन्न दिन्नौंः अर्थमन्त्री खतिवडा

१६ कात्तिक, विराटनगर । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी बस्तुमा मुलुक आत्मानिर्भर नभएपनि मुलुकलाई भने विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न नदिने बताएका छन् ।

मोरङ व्यापार संघको ६३ औ साधारण सभालाई शुक्रबार विराटनगरमा उद्घाटन गदै मन्त्री खतिवडाले सरकार विश्वको सस्तो बस्तुको डम्पिङ साइटहरुबाट मुलुकलाई बचाउन सचेत रहेको पनि बताए ।

‘मुलुक अहिलेको अबस्थामा आर्थिक संक्रमणबाट ग्रुजिएको छ,’ मन्त्री खतिवडाले भने, ‘हामी स्वदेशी मालबस्तुमा आत्मानिर्भर हुन सकेका छैन, यस्तो भन्दैमा मुलुकलाई विश्वको सस्तो बस्तुको डम्पिङ साइटपनि हुन दिनौं ।’

उनले आत्तरिक उद्योग प्रवर्द्धनका निम्त उद्योगी व्यवसायीहरुलाई सिमित सुविधा दिन तयार रहेको जानकारी दिए ।

‘तपाईहरु उद्योगी व्यवसायीहरु उद्योगी औद्योगिक बिकासका लागि बिषेश योजना लिएर आउनुहोस्, सरकार आवश्य सहयोगका लागि सरकारी उद्योगहरु संचालनका लागिपनि दिन तयार छ,’ मन्त्री खतिवडाले भने ।

उनले निक्षेपकर्ताको हित कि ऋण लिनेको हित ?, स्वदेशी लगानी कि विदेशी लगानीको हित ? आत्तरिक उद्योग प्रवर्द्धनकर्ताको हित कि, वस्तु आयातकर्ताको हित भन्ने विषय छुट्याउनु पर्नेमा जोड दिए ।

दोहोरो अकंको आर्थिक बृद्धिका लागि सरकारले निजी क्षेत्रतर्फ र्फकनु पर्ने भएकोले जोखिम बहन गरेरै लगानी भित्र्याउन अर्थमन्त्री खतिवडाको आग्रह थियो ।

‘सरकार जोखिम लिएर व्यवसाय गर्दैन, अहिलेको आर्थिक बृद्धिलाई उकास्न अब नयाँ लगानी जरुरी परिसकेको छ,’ उनले भने, ‘बाह्य पुजीलाई प्रत्यक्ष विदेशी लगानीको रुपमा भित्र्याउन निजी क्षेत्र पनि सक्रिय हुनुपर्दछÙ बरु सरकारले ऋण लिएर भौतिक पूर्वाधार तयार गरिदिन्छ ।’

अर्थमन्त्री खतिवडाले अहिलेको बैकिङ्ग तरलताले अबको आवश्यकता पूर्ति गर्न नसक्ने भएकोले सरकारले बाह्य पूँजीलाई भित्र्याउन बैंकलाई समेत सहजीकरण गरिदिएको बताए ।

मन्त्री खतिवडाले सरकार कर, भन्सार र राजश्व उठाउने विषयमा मात्रै केन्द्रीत नरहेकोपनि बताए ।

उनलेे सरकार निम्न आयस्तर भएका नागरिकको हितलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने बताउँदै सबै खाले आर्थिक द्वन्द्व समाधानको बाटो पहिल्याउन लागिरहेको जानकारी दिए ।

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले संघीयता कार्यन्वयनमा आएको एकवर्षकै अवधीमा तीव्र आर्थिक बृद्धिदरको हिसाब नमाग्न उद्योगी-व्यवसायीसँग आग्रह गरे ।

उनले तीनै तहका सरकारले औद्योगिक उत्पादन बृद्धि गर्नुपर्दछ भन्ने मान्यता राखेकोले क्रमशः उत्पादनमुखी अर्थतन्त्रको आधार बलियो हुनेमा विश्वास व्यक्त गरे ।

उद्योगी व्यवसायीले अहिलेको अबस्थामा आफुहरुले भोग्नु परेको समस्याका बारेमा कार्यक्रममा जानकारी गराएको थिए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *