Uncategorized

गोदावरीमा सुरू भयो पुष्प मेला

१५ कात्तिक, काठमाडाैं । गोदावरीमा फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फूलको व्यवसायिक विकास, बिस्तार तथा प्रबर्द्धन गर्ने उदेश्यले प्रतियोगिता अायोजना गरिएको हो ।

जावलाखेलको खेल मैदान, ललितपुरमा सुरु भएको प्रदर्शनीको प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेका  हुन् ।

प्रदर्शनीबाट पुष्प व्यवसाय प्रवर्द्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातीय विकास हुने र गुणस्तरीय उत्पादनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवर्द्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु बीच प्रतिस्पर्धात्मक बनाउन भन्दै विगत ११ वर्ष देखि मेलाको आयोजना गरिएको फ्लोरीकल्चर एशोसिएसनले बताएको छ ।

पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र प्रदर्शनीको माध्यमबाट बढने विश्वाश गरिएको छ । गोदावरी फूलको विविध जाति प्रजातिहरुको प्रदर्शनी नै यो मेलाको मुख्य आकर्षण हो ।

मेलामा व्यवसायिक स्टल ४४, सूचनामुलक ३ र गोदावरी फूलको प्रतिस्पर्धात्मक प्रदर्शनी स्टल १ सहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

मेलामा नयाँ-नयाँ प्रजातिका फूलहरुको प्रदर्शनी तथा बिक्री बितरण हुनुका साथै सयपत्री, मखमली तथा अन्य फूल बिरुवासमेत प्रदर्शनीमा राखिएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *