Uncategorized

‘केदारनाथ’को फस्टलुकसँगै प्रदर्शन मिति तय

डिसेम्बर ७ को डेटलाई ‘टोटल धमाल’ले छाडेपछि यो मितिमा नयाँ चलचित्र आउने भएको छ । बलिउडका नायक सुशान्त सिंह राजपुत र नायिका सारा अली खानको मुख्य भूमिका रहेको चलचित्र ‘केदारनाथ’ले यो मितिमा आउने भएको छ ।

चलचित्रको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो । सुरुमा यो चलचित्र डिसेम्बर २१ मा आउने चर्चा थियो । पछि, साहरुख खान र यसको निर्माणपक्षविच कुरा मिलेपछि यसको प्रदर्शन मिति धकेलिएको थियो ।

चलचित्रको फस्टलुकमा यसका नायक सुशान्तले नायिका सारालाई डोकोमा नाम्लो लगाएर बोकेको देखिन्छ । यो चलचित्रलाई अभिषेक कपुरले निर्देशन गरेका हुन् । चलचित्रको छायांकनमा विभिन्न खालका लफडा उत्पन्न भएको थियो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *