Banner News

पुर्वमाओबादी केन्द्रका दर्जनौ कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश

कार्तिक १०, कंचनपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कन्चनपुर जिल्ला समितिले संगठन सुदृढीकरण तथा विस्तार अभियान व्यापक रुपमा सन्चालन गरिरहेको छ ।

अभियान अन्तर्गत भिमदत्त नगरपालीका—९ मटैनामा कार्यक्रम गरी कमिटी गठनका साथै माओवादी केन्द्र र एमाले पार्टी परीत्याग गरी आएका व्यक्तिहरुलाई स्वागत समेत गरेको छ । नगर सेक्रेटरी आजादले सन्चालन गरेको कार्यक्रममा जिल्ला सेक्रेटरी परिवर्तनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पार्टी पोलीटव्युरो सदस्य तथा पश्चिम कमाण्ड सह ईन्चार्ज ओम प्रकाश पुन हुनुहुन्थ्यो ।

अतिथिहरु जिल्ला ईन्चार्ज अग्नि, ब्यूरो सदस्यहरु संघर्ष, विवश, धन बहादुर बुढा, विराट लगायतका थिए । कार्यक्रममा प्रमुख अतिथि ओम प्रकाश पुनले बुर्जुवा संसदीय व्यवस्थाको काल नजिकै आईसकेको र समाजवादी सत्ताको निर्माणका लागि अन्तिम तयारीमा जुट्न सम्पूर्ण जनसमुदायमा आव्हान गर्नु भयो ।

अहिलेको संकटको हल पनि क्रान्तिले नै गर्ने र क्रान्ति विनाको शान्ति, समृद्धिको कुरा भ्रमको खेती मात्र भएको उहाँको भनाई थियो ।

माओवादी केन्द्र परीत्याग गरी आएका जिल्ला सदस्य रघुवीर जोशि, ईन्द्र सिंह धामी, तेज चन्द, सोभान नाथ, राज नाथ, जय सिंह कार्की लगायतका दर्जनौं कार्यकर्ताहरुलाई स्वागत गरिएको थियो ।

साथै, सोभान नाथको संयोजकत्वमा ११ सदस्यीय वार्ड कमिटी पनि गठन गरिएको छ । कार्यक्रममा ९५ दिन हिरासतमा रहेर रिहा भएका नेता ओमप्रकाश पुनलाई जनस्तरवाट अभिनन्दन समेत गरिएको कञ्चनपुरका सेक्रेटरी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

Source link

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *