Uncategorized

कानून अभावमा काम गर्न नपाउने अवस्था रहँदैन: अध्यक्ष तिमिल्सिना

१० कात्तिक, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् ।

पर्वतको बिकट गाउँ बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उनले भने, ‘तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ ।’

अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म कानूनको अभावमा तीनै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था रहेको उल्लेख गर्दै यसपटकको हिउँदे अधिवेशनको पहिलो प्राथमिकता नै अधिकार बाँडफाँडसम्बन्धी कानून बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गरे।

आगामी पुसदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाइने बताउँदै उनले त्यही अधिवेशनमा तीन तहका अधिकार बाँडफाँडका कानून आउने कुरामा ढुक्क हुन आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले बजेट अधिवेशनमा स्थानीय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानून समयको अभावमा बनाउन नसके पनि हिउँदे अधिवेशनमा यो विषय प्राथमिकता पाएकाले यसमा चिन्ता मान्ने अवस्था नभएको बताए ।

अर्को प्रसङ्गमा तिमिल्सिनाले पाङ–बागलुङ जोड्ने ५६७ मिटर लामो पुल निर्माण कार्य छिट्टै शुरु हुने र त्यसमा प्रयोग हुने प्रविधिका आधारमा नाग्लीबाङदेखि बागलुङ, पाङराङदेखि बागलुङको छिस्ती जोड्ने पुलसमेत निर्माणको प्रक्रियामा जाने बताउँदै पर्वत जिल्ला साँच्चिकै अग्ला र लामा पुलले घेरिएको जिल्ला बन्ने धारणा व्यक्त गरे ।

कालीगण्डकी लोकमार्गको कुश्मा सेतीवेणी खण्ड कालोपत्रे गर्ने काम आफ्नै कार्यकालभित्र हुने आश्वासन दिँदै उनले बर्राचौरदेखि हुवास र फलेबासदेखि हुवाससम्मको सडक कालोपत्रे गरिने बताए ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *