Uncategorized

एनआईसी एशिया बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त

६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

बैंकले रु. एक हजार अंकित दरका ४० लाख कित्ता हुन आउने रु. ४ अर्व बराबरको ‘११५एनआईसी एशिया ऋणपत्र २०८५/८६’ निष्कासनका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।

ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा एनआईसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राजपन्तले हस्ताक्षर गरे ।

यसअघि जारी गरिएको रु. १ अर्ब ८३ करोड रुपैंयाको ‘११५ एनआई सी एशिया ऋणपत्र २०८२/८३’ सम्पूर्ण रुपमा आवेदन प्राप्तभई बाँडफाँड समेत भइसकेको बैंकले जानकारी दिएको छ ।

प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्तार्को लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने उत्तम अवसर भएको बैंक बताउँछ ।

रु. ४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत -रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु. ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेे बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुधिरनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित ऋणपत्र ११ प्रतिशत वाषिर्क व्याजदरले अर्ध वाषिर्क रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बताइएको छ ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *