Uncategorized

अब चुलोचुलो ग्यास पाइप होइन, बिजुलीको तार : प्रधानमन्त्री

६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्माले अबको तीन वर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् ।

अघिल्लो पटक प्रधानमन्त्री हुँदा उनले काँधमा सिलिण्डर बोक्ने युगको अन्त्य गरेर चुलोचुलोमा पाइपबाट ग्यास पुर्‍याउने बताएका थिए । तर, यो पुरा नहुँदै उनले नयाँ नारा दिएका छन्, अब चुलोमा ग्यास पाइप होइन, बिजुलीको तार ।

काठमाडौं उपत्यकामा बिजुली बस सेवा सुरु गर्दै प्रधानमन्त्री ओलीले यो पाँच थान विद्युतीय बसको कुरा होइन, आगामी कार्यदिशाको संकेत भएको बताए । उनले भने, ‘मैले ग्यासको पाइट भन्दा निकै चर्चाको विषय बन्यो । अब छिट्टै ग्यासको पाइप होइन, विजुलीको तारबाट चल्ने चुलाको युगतिर जाँदैछौं ।’

हाम्रो दैनिक जीवनमा प्रयोग हुने अन्य सामाग्री समेत विद्युतीय हुनुपर्ने उनले बताए । ुसंसार छिटोछिटो बगेको छ । यो तीन वर्षभित्र हामी पनि ग्यास पाइप चुलोमा होइन, विजुलीको चार चुलोमा जाँदैछौं । केही मान्छेलाई फेरि अनौठो लाग्नसक्छ । तर, दुनियाँ बदलिएको बदलिएकै छु उनले भने ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *