Uncategorized

ताइवानमा रेल दुर्घटना, १८ जनाको मृत्यु

५ कात्तिक, काठमाडौं । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएका छन् ।

सरकारी अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो ।

८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए । ताइवानका नेता साइ इंग वेनले यसलाई ठूलो दुर्घटना भनेका छन् ।

रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच सुरु गरेको जनाएका छन् ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *