२९ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट साढे ६ किलो गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले भारतको बिहार राज्यको मुज्जफरपुर वडा नं २ बस्ने २५ बर्षका सोनु कुमार गाजासहित पक्राउ परेका हुन् ।
गाजा लिएर भारततर्फ जाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल भन्सार गुल्मका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।
शंकराचार्य गेट नजिकै नियमित चेकजाँचमा रहेको सशस्त्र प्रहरीको टोलीले टेम्पोमा भारततर्फ जाँदै गरका सोनुले बोकेको झोला चेकजाँचको क्रममा गाजा फेला परेको थियो ।
सोधपुछका क्रममा सोनुले मकवानपुरको हेटौंडाबाट ल्याएको गाजा सितमणि लैजान लागेको बताएका छन् । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।



