Uncategorized

सवारी दुर्घटनामा परी चितवनमा एकको मृत्यु, सात घाइते

२९ असोज, चितवन । जिल्लामा भएका छुट्टा छुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सातजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको केन्द्रीय बस टर्मिनलमा गएराति दुई मोटरसाइकल एक आपसमा ठक्कँर खाँदा एक मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ना १५ प २०८२ को मोटरसाईकल चालक भरतपुर महानगरपालिका–१४ शिवनगर बस्ने ३५ वर्षीय सन्तबहादुर ताम्राकार रहेका छन् । सोही मोटरसाइकलसँग ठक्कँर खाएको ना५०प ७५२९ नं को चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

उपचारको क्रममा ताम्राकारको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल ठोक्किँएको प्रहरीले जनाएको छ ।

यसैगरी पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लीङ्मा बस दुर्घटना हुँदा चार घाइते भएका छन् । प्रहरीका अनुसार लमजुङ्बाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७०५ नं को बस राजमार्गबाट करीब ७० मिटर तल त्रिशूली नदी किनारमा खसेको छ ।

गएराति करीब १२ बजे दुर्घटना भएको हो । घाइतेमध्ये एकको अवस्था गम्भीर छ । सबैको उपचार पुरानो मेडिकल कलेजमा भइरहेको छ । त्यस्तै इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा काठमाडौँबाट मुग्लिन तर्फ आउँदै गरेको ना ५ ख २३७८ नं को ट्रक पछाडी लु४१प ४८०७ नं को मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकलमा सवार गुल्मी अर्खलेका २९ वर्षीय प्रवीण खत्री र २० वर्षीया आयुशा खत्री रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटना गएराति ९ः१५ बजे भएको हो ।

अनलाइन खबरबाट

प्रतिक्रिया दिनुहोस
purnakhabar
Journalist from Itahari
http://purnakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *